बलिउडबारे अल्लु अर्जुन भन्छन्- हिरो कसरी बन्ने बिर्सिसके

काठमाडौं । साउथ स्टार अल्लु अर्जुन यतिबेला आफ्नो बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ लाई लिएर चर्चामा छन् । यसैबीच, निर्देशक निखिल आडवाणीले अल्लुको बारेमा एक खुलासा गरेपछि साउथ र बलिउडबीचको बहस फेरि सुरु भएको छ ।
आडवाणीले हालै एक अन्तर्वार्तामा अल्लु अर्जुनले बलिउडबारे बोलेको बताएका थिए । उनले भने ‘अल्लुलाई बलिउडमा सबैभन्दा ठूलो कमजोरी के देख्नुहुन्छ ? भनि सोध्दा उनले बलिउडमा हिरो कसरी बन्ने भनेर सबैले बिर्सिएको प्रतिकृया दिएका थिए ।’
निर्देशक आडवाणीले भने, ‘पहिले बलिउडमा उत्कृष्ट फिल्म बनाइन्थ्याे । अमिताभ बच्चनको ‘कालिया’ र’कुली’ यसको उदाहरण हुन्। तर अहिले यस्ता फिल्म कसरी बनाउने भन्ने बिर्सेका छन् । जबकि साउथ फिल्महरूले वीरताको भावनालाई गहिरो रूपमा बुझेका छन् र सही ढंगले चित्रण गर्न सफल भएका छन्। साउथका फिल्ममा सबै विषयलाई उत्कृष्ट एक्सन र हिरो इमेजका साथ प्रस्तुत गरिन्छ, जसलाई दर्शकले निकै रुचाएका छन् ।’
गत वर्ष ‘जवान’, ‘गदर २’ र ‘एनिमल’ जस्ता हिट फिल्महरूले बलिउडको दबदबा बनाएको थियो। तर यो वर्ष अहिलेसम्म कुनै पनि फिल्मले बक्स अफिसमा सफल हुन सकेको छैन । यो वर्ष साउथको फिल्म ‘कल्की २८९८ एडी’ अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ यसै वर्षको डिसेम्बर ६ मा रिलिज हुँदैछ ।
















नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया