वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट चौधरी सम्मानित

राजविराज । २०८१ सालको वैध प्रकाश मानवअधिकार पुरस्कारबाट दिलीप चौधरी पुरस्कृत भएका छन् ।
वैध प्रकाश मानवअधिकार पुरस्कार कोषद्वारा शुक्रबार राजविराजमा आयोजित कार्यक्रममा उच्च अदालत जनकपुरको राजविराज इजलाशका मुख्य न्यायाधीश वामदेव ज्ञवालीले चौधरीलाई नगद ७ हजार १ सय र सम्मानपत्र सहित पुरस्कृत गरेका हुन् ।
प्रेस स्वतन्त्रता सेनानी वैधनाथ झाले मानव अधिकारकर्मी प्रकाश काफ्लेको स्मृतिमा वैध प्रकाश मानवअधिकार पुरस्कार कोषको स्थापना गरेका थिए । कार्यक्रममा उर्मिलादेवी झा मैथिली गायन पुरस्कार गायिका सुनिता साहलाई प्रदान गरियो ।
कार्यक्रममा उच्च अदालत जनकपुरको राजविराज इजलासका मुख्य न्यायाधीश ज्ञवाली, पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव, मधेश प्रदेश आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव , मैथिली महिला परिषदकी अध्यक्ष मालती चौधरी लगायतका वक्ताले बोलेका थिए ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया