काभा वुमन्स नेसन्स लिग : आज नेपाल र इरान भिड्दै

काठमाडौँ । काठमाडौँमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ ।
शनिबार भारतमाथि ऐतिहासिक जित निकालेको नेपालको उच्च मनोबलमा छ र इरानसँग खेल्दा नेपालको नजर लिगमा शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुग्ने हुनेछ ।
इरानलाई पराजित गरेमा नेपाल शीर्ष स्थानमा रहने लगभग पक्का हुनेछ । किनभने नेपालले श्रीलंका र भारतलाई पराजित गरिसकेको छ भने अन्तिम खेल तुलनात्मक रुपमा कमजोर टोली मालदिभ्ससँग हुनेछ ।
दुई खेलबाट ५ अंकसहित नेपाल हाल दोस्रो स्थानमा छ । तीन खेल खेलिसकेको भारत दुई जित र एक हारबाट ७ अंकसहित शीर्ष स्थानमा छ भारतले अब श्रीलंकासँग मात्र खेल्न बाँकी छ ।
नेपालले इरानलाई सोझो सेट वा ३-१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ ।
आजै हुने पहिलो खेलमा श्रीलंकाले मालदिभ्ससँग खेल्नेछ । दुवै टोली जितविहीन छन् र पहिलो जितको खोजीमा छन ।
श्रीलंका नेपालसँग सोझो सेटमा पराजित हुँदा इरानसँग रोमाञ्चक खेलमा ३-२ ले पराजित भएको थियो । श्रीलंकाको दुई खेलबाट १ अंक मात्र छ ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया