प्रभु महालक्ष्मी लाइफको विजनेश एक्सिलेन्स समिट-२०८१ सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको विजनेश एक्सिलेन्स समिट-२०८१ सम्पन्न भएको छ । कम्पनीले देशैभरि फैलिएका शाखाका शाखा प्रमुखहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा विजनेश एक्सिलेन्स समिट-२०८१ भव्यताका साथ सु सम्पन्न गरेको हो । कार्यक्रम साउन १८ गतेबाट साउन २० गतेसम्म ३ दिन चितवनको नारायणगढमा सञ्चालन भएको हो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरे । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सहभागीहरुमा स्वागत मन्तब्य राखेका थिए ।
उक्त कार्यक्रमको अवसर पारेर उत्कृष्ट कार्य सम्पादन गर्ने शाखा प्रमुखहरुलाई सम्मान गरिएको थियो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्य सम्पादनमा आउन सक्ने चुनौतिलाई अवसरको रुपमा परिणत गरी अगाडी बड्न हौसला प्रदान गरे । साथै आगामी वर्षमा व्यवसाय विस्तारमा विशेष जोड दिन निर्देशन दिए ।
कम्पनीका नायब महाप्रबन्धक सोन बहादुर मगरले आगामी वर्षको व्यवसायीक रणनीति, बिक्री कला, बीमा बजार लगायत समग्र बीमा क्षेत्रको बारेमा जानकारी गराए ।
उक्त कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका ब्रान्ड एम्बेसेडर चर्चित कलाकार मनोज गजुरेलको रोचक प्रस्तुती रहेको थियो । त्यसैगरी मोटिभेसनल कोच बिके विजय राज सिग्देलको उत्प्रेरणात्मक सेसन रहेको थियो ।
कम्पनीका सहायक महाप्रबन्धक टिकादत्त प्याकुरेलले धन्यवाद व्यक्त गरि समापन गरिएको कार्यक्रमको सञ्चालन योगेन्द्र प्रसाद खतिवडाले गरेका थिए ।
















कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्छ : गगन थापा
भारतमा सर्वाधिक बिक्री हुने सुजुकी एक्सेस १२५ सीसी स्कुटर अब नेपालमा
युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु
समपूरक र विशेष अनुदान लिन ३ हजार ५ सय आयोजना प्रस्ताव
मकवानपुरमा भिरबाट लडेर एक बालिकाको मृत्यु
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया