श्रद्धा कपुर र राहुल मोदीको ब्रेकअप

काठमाडौँ । ‘स्त्री २’ फेम अभिनेत्री श्रद्धा कपुरको आफ्नो प्रेमी राहुल मोदीसँग ब्रेकअप भएको छ ।
भारतीय मिडियाहरुले राहुल र श्रद्धाको ब्रेकअप भएको उल्लेख गरेका छन् । ब्रेकअप भएको खबरकै बीचमा श्रद्धाले सामाजिक संजालमा राहुल र उनकी बहिनी, उनको प्रोडक्सन र कुकुरको पेजलाई पनि अनफलो गरेपछि ब्रेकअपको खबर अझ चर्चामा रहेको छ ।
केही समयअघि श्रद्धाले आफ्नो सामाजिक सञ्जालमा तस्विर शेयर गरेकी थिइन् । यी तस्विरहरूमा उनी आर अक्षर भएको पेन्डेन्ट लगाएकी देखिएकी छिन् । यी तस्विरहरु बाहिर आएसँगै फ्यानहरुले उनले राहुल मोदीको नाम लेखिएको पेन्डेन्ट लगाएको अनुमान गरेका थिए ।
विगत केही दिनदेखि राहुल मोदीलाई श्रद्धाको ब्वायफ्रेन्ड भनिएको थियो । दुबै अनन्त-राधिकाको प्रि-वेडिङमा पनि सँगै देखिएका थिए ।
राहुल मोदी तू झुठी मैं मक्कर, पंचनामा २, सोनू के टीटू की स्वीटी जस्ता फिल्मका लेखक हुन् । श्रद्धा र राहुलले आफ्नो सम्बन्धको औपचारिक घोषणा गर्न लागेकै समयमा ब्रेकअपको खबर आएको छ ।
केही समय अघि हिन्दुस्तान टाइम्सले श्रद्धा र राहुलले चाँडै नै आफ्नो सम्बन्धको आधिकारिक घोषणा गर्ने उल्लेख गरेको थियो ।
वर्कफ्रन्टको कुरा गर्ने हो भने, श्रद्धा छिट्टै फिल्म ‘स्त्री २’ मा देखिनेछिन् । कमेडी हरर फिल्ममा उनको साथमा पंकज त्रिपाठी र राजकुमार राव पनि रहनेछन् । यो फिल्म अगस्ट १५ मा रिलिज हुँदैछ ।
















नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया