बुधबार, फागुन १३, २०८२

मुखमा घाउ आएको छ ? अपनाउनुस् यी घरेलु उपाय

मेरोन्यूज २०८१ साउन २३ गते १५:०८

बाठमाडाैँ । मुखमा घाउ भएर केहि खान नसकेको अनुभव अधिकांशले गरेकै हुन्छन्। कयाैंले यसलाई सामान्य सम्झेर उपचार नगरी दुखाइ सहेर बस्छन् । र समय समयमा याे पिढाबाट गुज्रिरहन्छन् ।

Advertisement
nepal life insurencenepal life insurence

घरेलु उपचारबाटै मुखमा घाउ हुने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

यस्ता छन् मुख भित्र घाउ हुनुका कारण :

मुख भित्र वा जिब्रोमा घाउ हुँदा दुख्ने, पोल्ने, ज्वरो आउने, खान निल्न/चपाउन गाह्रो हुने हुन्छ । साथै मुख गन्हाउने ,गन्ध आउने वा घाउबाट पिप आउने पनि हुन्छ । यस्तो किसिमको समस्या विभिन्न कारणले गर्दा हुन्छ । यस्ता किसिमका घाउहरु आइरहनु वा कहिले काहीँ आउनु, पेट, फोक्सो, दाँतका कारण र कहिले काहीँ कसैको जुठो खाँदा पनि सर्ने गर्दछ। दाँत किराले खाँदा वा हल्लिने समस्यामा पनि मुखमा घाउ देखिन्छ ।

विशेषगरी पेट सफा नहुँदा वा कब्जियत हुँदा, खाना रामेसँग नपच्दा वा माछा, मासु बढी खाँदा समेत याे समस्या देखिन्छ । पेट खराब भयो भने पनि बिस्तारै यसको असर मुख, अनुहार अनि मष्तिस्कसम्म पनि पुग्दछ। त्यसैले हामीले खाने कुरामा पनि विशेष ख्याल गर्नुपर्दछ। शरीरमा भिटामिन ‘बि’ को कमीले पनि मुखमा र जिब्रोको घाउ बढ्दै गएमा प्वाल समेत पर्नजाने हुँदा विशेष ख्याल राख्नुपर्दछ ।

मुखमा घाउ भएमा के नखाने/के नगर्ने ?

मुख वा जिब्रोमा घाउ हुँदा जाँड रक्सी, सुर्ती, चुरोट, खैनी खानु हुँदैन । मसला, चिल्लो, पिरो जस्ता कुराहरुबाट टाढै बस्नुपर्छ । माछा, मासु, अण्डाको बढी प्रयोग गर्नु पनि उचित हुँदैन। । ग्याष्ट्रिक वा कब्जियत भएमा उपचार गर्नेुपर्छ। दम तथा एलर्जीका बिरामी तथा टन्सिल पाकिरहने बिरामीहरुले पनि ख्याल गर्नुपर्दछ।

मुखमा घाउ भएमा के खाने/के गर्ने ?

मुखमा जब साना, मसिना सेता, राता खालका फोकाफोकी देखिन्छन्, तुरुन्त ठिक्क मन तातो पानीमा फिटकिरी मिसाएर दिनमा ३/४ चोटी कुल्ला गर्नुपर्दछ । यस्तै पानी प्रसस्त पिउने, बढी चिसो वा तातो कुराहरु नखाने, हरियो सागपात तथा फलफुलहरु प्रसस्त राम्रोसँग चपाएर खाने गर्नाले पनि याे समस्याबाट मुक्ति पाउन सकिन्छ।

बढी चिल्लोले खानेकुराहरुले यस्ताेमा फाइदा गर्दैन। यदि कसैलाई यसले दीर्घ रोगी बनाएको भएमा नियमित रुपमा गेडागुडी भिजाएर हल्का उम्रन थालेपछि नियमित रुपमा बिहानीमा खाने गर्नुपर्छ। तुलसीको पानी बनाएर बेलुका कुल्ला गर्ने, बदामको तेल बेलुका मुखमा लगाएर वा २/३ थोपा मुखमा हालेर सुत्ने ,बिहानीमा काँचो बदाम भिजाएर वा २/३ वटा राम्रोसँग चपाएर खाने, बिहान बेलुका निम मिसाएको टुथपेष्टले दाँत माझ्ने, जिरा, खयर चपाउने गर्नुपर्दछ । तर जटिल अवस्थामा भने चिकित्सकलाई देखाउनु उचित हुन्छ ।

प्रतिक्रिया