पोखरामा खुल्यो एमएडब्लूको सोरुम

पोखरा । एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रालिको पोखरामा सोरुम खुलेको छ। नेपालमा व्यावसायिक सवारी साधनको बिक्रीवितरणमा अग्रणी कम्पनी एमएडब्लूले पोखराको बुद्धचोकमा सोरुम सञ्चालनमा ल्याएको हो।
सोरुमको आइतबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजीव गुरुङ (दीपक मनाङे), एमएडब्लूका सिइओ तुषार गुप्ताले उद्घाटन गरे।
सोरुमले फोटोन र सोकोनका व्यवसायिक सवारी उपलब्ध गराएको छ। फोर्टनको हाइरुफ इभी भ्यान, टुनल्याण्ड र टिएम वानसहितका सवारी पोखरामै उपलब्ध भएको हो। सोकोन मोटर्सको बहुमुखी भ्यान पनि उपलब्ध गराएको छ। यो भ्यानमा यात्रुवाहक, स्कुल र कार्गो भेरियन्ट समावेश रहेको छ।
सेल्स हेड नवीन आचार्यका अनुसार फोटोन र सोकोनका विद्युतीयसँगै पेट्रोलबाट सञ्चालन हुने सवारी पनि बिक्री हुनेछ। ११ देखि १६ सिटसम्मका सवारी उपलब्ध गराइने उनको भनाइ छ। समयको माग र आवश्यकतालाई ध्यानमा राखेर विद्युत्तीय सवारीलाई बढी प्राथमिकता दिएको उनको भनाइ छ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया