आइतबार, चैत ८, २०८२

सिटिजन्स बैंकको स्ट्राटेजिक ग्रोथ एन्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स सम्पन्न

मेरोन्यूज २०८१ साउन २७ गते २१:१८

काठमाडौं ।  सिटिजन्स बैंकको स्ट्राटेजिक ग्रोथ एन्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स सम्पन्न भएकाे छ । यस कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सचेत सिटिजन नै हो सेफ सिटिजन’ भन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरिएकाे थियाे।

Advertisement
nepal life insurencenepal life insurence

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित स्ट्राटेजिक ग्रोथ एन्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्समा सो भिडियो सार्वजनिक गरेका हुन्।

विभिन्न बहानामा ग्राहकसँग पासवर्ड, ओटिपी, खाताको विवरणहरू मागेर साथै ग्राहकहरूलाई चिट्ठा तथा अन्य बहुमूल्य सामानको प्रलोभनमा पारेर ठगी गर्ने गिरोहको सक्रियता बढिरहेको छ। सचेतना भिडियोबाट यस्ता गतिविधिहरू न्यूनीकरण हुने र ग्राहकहरूमा चेतना अभिवृद्धि हुने विश्वास लिएको बैंकले जनाएको छ।

सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, १९७ शाखाका शाखा प्रबन्धकहरू, विभागीय प्रमुखहरू तथा बैंकका उच्च व्यवस्थापनको समूह सम्मिलित भेलालाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले सिटिजन्स बैंकलाई बैंकिङ क्षेत्रको अग्रणी बैंक बनाउन सबै कर्मचारीलाई उच्च मनोबलका साथ आफ्नो काममा शतप्रतिशत योगदान, नवीनतम एवं नमुना सेवा सुविधा दिँदै अघि बढ्न आग्रह गरेका छन्।

प्रतिक्रिया