इटालियन पेस्तोलसहित दमकबाट एक जना पक्राउ

झापा । प्रहरीले दमकबाट इटालियन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दमक नगरपालिका-८ का ३६ वर्षीय सञ्जीव गजमेर रहेका छन्। दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकखण्डबाट उनलाई पक्राउ गरिएको झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सोमबार बिहान ३:५५ बजे गजमेर सवार को३८प ५६४९ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गरेको थियो।
स्कुटरको अगाडि चाबी लगाउने भागनेर सामान राख्ने खाली ठाउँमा स्पेशल मेड इन इटाली अटोमसिएल लेखिएको खैरो रंगको कभरसहितको पेस्तोल फेला परेको थियो।
गजमेरको पाइन्टको पछाडिको गोजीबाट सो पेस्तोलमा लाग्ने दुई थान म्यागजिन फेला परेको केसीले बताए। गजमेरलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान थालिएको छ।
‘उनले कहाँबाट पेस्तोल ल्याए र कसलाई बेचबिखन वा आपराधिक कार्यमा प्रयोग गर्न खोजेका थिए भन्नेबारे अनुसन्धान भइरहेको छ,’ केसीले भने।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया