चमत्कार गर्छु भनेर दिनहुँ भाषण गर्ने होइन, काम गर्नुस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संघीय सरकारका मन्त्रीहरूलाई नागरिकले सेवा पाउने स(साना काम गर्न आग्रह गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोलेका कांग्रेस महामन्त्री थापाले मन्त्रीहरूले दिनहुँजसो यो गर्छु, त्यो गर्छु भनेर भाषण गरिरहेको पनि बताए।
‘मन्त्रीजीहरूको इच्छाशक्ति भयो, नियत राख्नुभयो भने काम हुन्छ,’ थापाले भने, ‘साउन सकिन लाग्यो। तीर्थब्रत पनि सकिन लाग्यो। भदौ लाग्न लाग्यो, भदौ एक महिना हाम्रा मन्त्रीजीहरूले नबोल्ने ब्रत लिइदिनुस्, उद्घाटन नगर्ने ब्रत।’
उनले हरेक दिन समाचारमा मन्त्रीहरूका भाषण आउने पनि बताए।
‘हरेक दिन म यस्तो गरिदिन्छु भनेको छ, अरे बाबा, गर्ने ठाउँमा भएपछि त काम गर्ने हो नि!,’ महामन्त्री थापाले भने, ‘हामी अहिले बोल्ने ठाउँमा छौं, बोल्ने हो। मन्त्रीजीहरू काम गर्ने ठाउँमा हुनुहुन्छ। प्रत्येक दिन मन्त्रीजीहरूको भाषण सुनिराखेको छु, हामी देश विकास गर्न आएको हो, हामी चमत्कार गर्छौं, अरे बाबा, गरिदिनुस् न!’
















काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया