हलमा लाग्नु अघि नै करोडौं कमायो श्रद्धा कपुरको ‘स्त्री-२’ ले

मुम्बइ । मानिसमा हरर चलचित्रको क्रेज बढेको छ । केही समययता यस्तो फिल्म रिलिज हुँदा बक्स अफिसमा हलचल मच्चिन्छ ।
अब फेरि एक पटक बक्स अफिसमा राज गर्न फिल्म ‘स्त्री २’ रिलिज हुँदैछ । फ्यानहरु यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका थिए । अब यो प्रतिक्षाको अन्त्य हुँदैछ ।
चलचित्र आज राति ९ः३० बजे रिलिज हुनेछ । फर्स्ट डे फर्स्ट शो हेर्नको लागि मानिसहरु तयारीमा जुटेका छन् । स्त्री- २ को अग्रिम बुकिङ खुला भएको छ र यसको अग्रिम बुकिङ धमाधम भईरहेको छ । अग्रिम बुकिङमा यो फिल्मले खेल खेल्ने र वेदलाई पछि पारेको छ ।
एक दिन अगाडी स्त्री २ रिलिज गरेर निर्माताहरुले यसअघि खेल खेलमा र वेदालाई स्त्री २ सँगै १५ अगस्टमा रिलिज गर्ने तयारी गरेका थिए । यी दुवै ठूला स्टारका फिल्म हुन् तर दुवैको बजेट ‘स्त्री २’ भन्दा निकै कम छ ।
अग्रिम बुकिङमा करोडौं कमाइयो
स्त्री- २ ले अग्रिम बुकिङ मार्फत करोडौं रुपैयाँ कमाएको छ । सकनिल्कको रिपोर्टका अनुसार ‘स्त्री- २’ ले पहिलो दिन अहिलेसम्म ११ करोड २३ लाख रुपैयाँ कमाएको छ । फिल्मको ९७१४ शोका लागि ३७७३८० टिकट बिक्री भएको छ । साँझसम्म यो संख्या अझै बढ्न सक्छ ।
















हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
सभामुखले बोलाए प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया