साहित्यमा ‘आफू विरुद्ध आफै’अभियान सुरु

काठमाडौं । साहित्यमा निरन्तर क्रियाशील स्रष्टाहरुले ‘आफू विरुद्ध आफै’अभियान सुरु गरेका छन् ।साहित्यिक क्षेत्रमा क्रियाशील स्रष्टाहरूले राजधानीमा एक कार्यक्रमबिच यो अभियानको सुरुवात गरेका हुन् ।
यो अभियानले तीन वटा उद्देश्य तय गरेको छ । समकालीन लेखनका दिशा र प्रवृत्तिगत वैशिष्ट्यबारे विमर्श गर्ने ,लेखनको विषय वस्तु र शिल्प विन्यासमा नवीनताको खोजी गर्ने तथा आफ्नै लेखनको सीमा र शक्तिबारे आत्म समीक्षा गर्ने गरी अभियान सुरु भएको हो । साहित्यकारहरु प्रशंशाको भोका हुन्छन भन्ने मान्यतालाई चिर्दै यो अभियान अघि बढ्ने बताइएको छ ।
सिर्जनात्मक अभियान बारे यसका अभियन्ता साहित्यकार आर।एम डङ्गोलले लक्ष्य र उद्देश्यबारे प्रकाश पारे । ‘यो अभियान कसैप्रति लक्षित छैन, आफ्नै लेखनप्रति लेखकहरू जिम्मेवार हुनपर्छ भन्ने उद्देश्य हो’, कवि डङ्गोलले भने।
उनका अनुसार यो अभियानको संयोजकमा साहित्यकार नवराज रिजाल रहेका छन् ।अन्य सदस्यहरूमा आरएम डङ्गोल,छविरमण सिलवाल, होमशंकर बास्तोला ,दीपक विहिन,बोधराज पौडेल र प्रतिरोध कार्की रहेका छन् । कार्यक्रममा बास्तोलाले अभियानको उद्देश्य , लक्ष्य र गन्तव्यबारे जानकारी गराउँदै समसामयिक र समकालीन नेपाली साहित्यिक लेखनमा लेखकहरू स्वयम जिम्मेवार हुनु पर्ने धारणा राखे ।
साथै अभियानको पहिलो दिन कवि प्रतिरोध कार्कीको ‘घामको पहाड’कविता सङ्ग्रहमाथि प्रमुख वक्ताको रूपमा साहित्यकार डङ्गोलले समीक्षा गरेका थिए । उनले सङ्ग्रह भित्र रहेका कवितामाथि टिप्पणी गर्दै लेखकलाई भरपुर लेखकीय सुझाव दिएका थिए । त्यसै गरी समीक्षक बोधराज पौडेल होमशंकर बास्तोला ,छविरमण सिलवाल, दीपक विहिनले कृतिमाथि टिप्पणी गरेका थिए ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया