अजय देवगनलाई अभिवादन नगरेपछि विजयराज फिल्मबाट बाहिर !

काठमाडौँ । बलिवुड अभिनेता अजय देवगनको फिल्म ‘सन अफ सरदार २’ बाट अभिनेता विजय राजलाई हटाइएको छ ।
हाल बेलायतमा छायांकन भइरहेको फिल्मको सेटमा अभिनेताले दुर्व्यवहार गरेको आरोपमा उनलाई फिल्मबाट हटाइएको रिपोर्टमा उल्लेख गरिएको छ । अर्कोतर्फ अभिनेता विजयले भने दुर्व्यवहारलाई अस्वीकार गर्दै अजय देवगनलाई फिल्मको सेटमा स्वागत नगरेको भन्दै फिल्मबाट हटाइएको बताएका छन् ।
एक्सन कमेडी फिल्म ‘सन अफ सरदार’ को सिक्वेल ‘सन अफ सरदार २’ घोषणा भएदेखि नै चर्चामा छ । बेलायतको भिसा नपाएपछि संजय दत्त फिल्मबाट बाहिरिएका थिए । हालै अजय देवगनले फिल्मको सुटिङ सुरु भएको घोषणा गरेका छन् । तर, अब अर्का स्टार फिल्मबाट बाहिरिएको खबरले फ्यानलाई स्तब्ध बनाएको छ । विजय राज अब फिल्मको हिस्सा छैनन् ।
मिडिया रिपोर्टका अनुसार अभिनेता विजयको दाबि विपरित उनले फिल्मको सेटमा प्रिमियम सुइट, भ्यानिटी भ्यान लगायतको माग गरेको दाबि गरिएको छ ।
बेलायत फिल्म सुटिंगका लागि महँगो ठाउ भएको भएपनि उनलाई राम्रो सुबिधा उपलब्ध गराएपनि उनले निर्माण टिमलाई दुर्व्यवहार गरेको बताइएको छ । निर्माण पक्षले अभिनेताका सबै माग पूरा गर्ने प्रयास गर्दा पनि उनको माग पूरा नभएपछि व्यवहार झनै बिग्रिएको बताएको छ ।
तर, विजय राजले भने आफुले अभिनेता अजय देवगनलाई अभिवादन नगरेका कारण फिल्मबाट हटाएको दाबि गरेका छन् । उनले भनेका छन्- ‘म ट्रायलका लागि समयमै पुगेँ । म भ्यानमा पुगें र रविकिशन मलाई भेट्न आए । मलाई भेट्न कार्यकारी निर्माता आशिष र निर्माता कुमार मंगल आए, त्यसपछि निर्देशक विजय अरोरा आए । भ्यानबाट बाहिर निस्केँ, र अजय देवगनलाई २५ मिटर टाढा उभिरहेको देखेँ, म व्यस्त भएकोले उनलाई स्वागत गर्न गइन, र साथीहरूसँग कुरा गरिरहेँ, २५ मिनेटपछि कुमार मंगल मेरो छेउमा आएर भने, तिमी फिल्मबाट बाहिर निस्क, हामी तिमीलाई निकाल्छौं । सेटमा पुगेको ३० मिनेटपछि मलाई फिल्मबाट हटाइयो, किनभने मैले अजय देवगनलाई अभिवादन गरिन ।’










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया