बुधबार, वैशाख १७, २०८२

साउनमा मात्र ४ खर्बभन्दा बढीको धितोपत्र कारोबार

मेरोन्यूज २०८१ भदौ ४ गते १६:३६

काठमाडौं । धितोपत्र दोस्रो बजारमा साउनमा मात्र ४ खर्ब १८ अर्ब २० करोड रुपैयाँभन्दा बढीको १ अर्ब १ करोड ६४ लाख ९९ हजार कित्ता धितोपत्र कारोबार भएको छ । 

दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको साउनको कारोबार अवस्थालाई आधार मान्दा असारको तुलनामा साउनमा ३ खर्ब १ अर्ब रुपैयाँभन्दा बढीले कारोबार रकम बढेको हो । असारमा १ खर्ब ६ अर्ब २५ करोड २२ लाख रुपैयाँभन्दा बढीको २७ करोड २० लाख ७९ हजार कित्ता धितोपत्र कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

साउनमा कारोबार रकमले रेकर्ड ब्रेक गरेको अवस्थामा कुल कारोबार रकममा उल्लेख्य वृद्धि भएको नेप्सेको भनाई छ । साउनमा औसतमा दैनिक १९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको तथ्याङ्क नेप्सेले सार्वजनिक गरेको छ । यो महीना ३७३ कम्पनीको धितोपत्र कारोबार भएको जानकारीसमेत नेप्सेले दिएको छ ।

कुल कारोबारमा साउनमा सर्वाधिक हिस्सा जलविद्युत् कम्पनीले ओगटेको छ । जलविद्युत् कम्पनीको १ खर्ब ३० अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको ३७ करोड ३७ लाख ५५ हजार कित्ता शेयर कारोबार भएको हो । कुल कारोबारमा ३१ दशमलव २८ प्रतिशत हिस्सा जलविद्युत् कम्पनीको रहेको देखिन्छ । 

जलविद्युत् कम्पनीपछि बैंकिङ कम्पनीहरूको शेयर कारोबार सर्वाधिक भएको छ । साउनमा बैंकिङ समूहको ५१ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको १७ करोड ४४ लाख ६४ हजार कित्ता शेयर कारोबार भएको हो । 

त्यस्तै वित्तको ३८ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको ५ करोड १४ लाख कित्ता, लघुवित्तको २९ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको २ करोड ६८ लाख ६९ हजार कित्ता, लगानीको २८ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको ५ करोड २८ लाख १५ हजार कित्ता, विकास बैंकको २६ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको ५ करोड ५१ लाख ६८ हजार कित्ता, जीवन बीमाको २५ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको ४ करोड ९ लाखभन्दा बढी कित्ता, अन्यको २५ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको २ करोड ९७ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

गत महीना उत्पादन तथा प्रशोधन समूहको ३ करोड ४२ लाख ५० हजार कित्ता २४ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ भने निर्जीवन बीमाको १९ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको २ करोड ३६ लाख १८ हजार कित्ता, होटल तथा पर्यटनको १० अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको १ करोड ३४ लाख ४४ हजार कित्ता, संस्थापकतर्फको ३ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको १ करोड ७९ लाख ६ हजार कित्ता, व्यापारिक समूहतर्फको १ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको २ लाख ६५ हजार कित्ता, म्यचुअल फण्डतर्फको १ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको १२ करोड ४ लाख ३० हजार इकाई र ४२ करोड ९४ लाख रुपैयाँभन्दा बढीको ४ लाख २० लाख कित्ता ऋणपत्रको कारोबार भएको हो । साउनमा ऋणपत्रको कारोबार सबैभन्दा कम भएको छ ।

प्रतिक्रिया