फिल्म ‘बेहुली फ्रम मेघौली’ को टिजर सार्वजनिक (भिडियाे)
काठमाडौँ । आगामी असोज १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा छोरीको विवाहका लागि एउटा परिवारले केटा खोज्न गरेको संघर्षलाई रोचक शैलीमा देखाइएको छ ।
साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा निश्चल र स्वस्तिमासहित विजय बराल, सिरु बिष्ट, सिम्रन खड्का, आमिर गौतम, बसुन्धरा भुषाल, लोकेन्द्र लेखक, रक्षा थापा, शिशिर सिवाकोटी, टीका पहारी, लुनिभा तुलाधर लगायतको अभिनय छ । स्वस्तिमा र निश्चल दम्पतीको निर्माणमा बनेको फिल्मको कार्यकारी निर्माता भने फिरोज खड्का र शंकर पाण्डे हुन् ।
फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत तथा निमेष श्रेष्ठको सम्पादन छ । फिल्मको यसअघि तीनवटा गीत सार्वजनिक भइसकेका छन् ।
फिल्मको टिजर: https://www.youtube.com/watch?v=2WBkCNR4k6Y
















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया