म्यानचेस्टर युनाइटेड ब्राइटनसँग स्तब्ध

काठमाडौँ । ब्राइटनले इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
ब्राइटनको जितमा जोआओ पेड्रोले खेलको ९० मिनेटपछिको इन्जुरीसमयमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पारेका थिए । त्यसअघि खेलको ३२औं मिनेटमा ब्राइटनले डानी वेलब्याकको गोलमा शुरुवाती अग्रता लिएको थियो भने म्यानचेस्टर युनाइटेडले खेलको ६०औं मिनेटमा अमाद डिआल्लोको गोलमा खेल बराबरी गरेको थियो ।
यो जितपछि ब्राइटनले प्रिमियर लिगको नयाँ सिजन शानदार रुपमा शुरुवात गर्दै लगातार दोस्रो जित हासिल गरेको छ । यो जितपछि ब्राइटनको २ खेलमा ६ अंक भएको छ । त्यस्तै नयाँ सिजनको पहिलो खेल जितेको म्यानचेस्टर युनाइटेडले भने दोस्रो खेलमा हार बेहोरेको छ । यो हारपछि म्यानचेस्टर युनाइटेडको २ खेलमा ३ अंक रहेको छ ।
















काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया