मंगलबार, वैशाख १५, २०८३

श्रद्धाले भाडामा लिइन् ऋतिक रोशनको अपार्टमेन्ट

मेरोन्यूज २०८१ भदौ १३ गते १६:२६

काठमाडौं । बलिउड अभिनेत्री श्रद्धा कपुरले अभिनेता ऋतिक रोशनको अपार्टमेन्ट भाडामा लिएकी छन् ।

Advertisement
NiccNicc

अभिनेत्रीले हालै मात्र मुम्बइ जुहूस्थित सी फेसिङ अपार्टमेन्ट भाडामा लिएकी हुन्।

ऋतिकले यो अपार्टमेन्ट सन् २०२० मा किनेका थिए। यसको मूल्य करिब १०० करोड भारु रुपैयाँ छ।

यसअघि वरुण धवन आफ्नी श्रीमती नताशा दलालसँग ऋतिकको अपार्टमेन्टमा सिफ्ट हुने चर्चा थियो तर उनीहरुको सम्झौता भने हुन सकेको थिएन ।

पछिल्लो समय श्रद्धा हलमा जारी उनको फिल्म स्त्री २ का कारण चर्चामा छिन् । उक्त फिल्मले हालसम्म ४४० करोड भारु भन्दा बढीको व्यापार गरिसकेको छ ।

प्रतिक्रिया