नयाँ स्वरुपमा युइएफए च्याम्पियन्स लिग, ड्र सार्वजनिक

काठमाडौँ । यस सिजनको युइएफए च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ ।
गएराती सम्पन्न ड्र मा लिग चरणमा क्लबहरुले आ-आफ्ना प्रतिद्वन्दी पाएका छन् । यस सिजनमा च्याम्पियन्स लिगको स्वरुपलाई परिवर्तन गरिएको छ । यस अघि ४-४ क्लबको समुह बनाएर प्रतिष्पर्धा गराइने गरेकोमा यस पटकदेखि भने सहभागी ३६ टिमले लिग चरणमा हरेकले ८-८ खेल खेल्ने गरि प्रतिद्वन्दी ड्र गरिएको छ ।
लिग चरणको खेलपछि शिर्ष ८ स्थानमा रहेका क्लब राउण्ड १६ मा प्रवेश गर्ने छन् भने नवौं स्थानदेखि २४ स्थानसम्मका क्लबले होम र अवे प्लेअफ खेल्ने छन् र प्लेअफमा विजयी हुने क्लब राउण्ड १६ मा पुग्ने छन् । त्यस्तै लिग चरणमा २५औं स्थानदेखि पछाडी रहेका क्लबहरु युइएफएको यस सिजनका सबै प्रतियोगिताबाट बाहिरिने छन् ।
लिग चरणमा म्यानचेस्टर सिटीले पिएसजी इन्टर मिलान, युभेन्टसको सामना गर्ने भएको छ भने लिभरपुलले रियल म्याड्रिड, एसी मिलान जस्ता क्लबको सामना गर्ने भएको छ । त्यस्तै रियल म्याड्रिडले डोर्टमण्ड, लिभरपुल, एसी मिलान, एटलान्टा जस्ता प्रतिद्वन्दी पाएको छ भने बार्सिलोनाले बायर्न म्युनिख, डोर्टमण्ड, एटलान्टा जस्ता प्रतिद्वन्दी पाएको छ ।
त्यस्तै पिएसजीले बायर्न म्युनिख, एटलेटिको म्याड्रिड, आर्सनल जस्ता प्रतिद्वन्दी पाएको छ ।
यस पटकको च्याम्पियन्स लिगको ड्र क्रिस्टियानो रोनाल्डो र गियानलुइगी बुफोनले गरेका थिए । यस ड्र समारोहमा युइएफएले रोनाल्डोलाई अहिलेसम्म च्याम्पियन्स लिगमा कीर्तिमानी १४० गोल गरेको भन्दै विशेष अवार्डले सम्मानित समेत गरेको थियो ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया