नयाँ स्वरुपमा युइएफए च्याम्पियन्स लिग, ड्र सार्वजनिक

काठमाडौँ । यस सिजनको युइएफए च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ ।
गएराती सम्पन्न ड्र मा लिग चरणमा क्लबहरुले आ-आफ्ना प्रतिद्वन्दी पाएका छन् । यस सिजनमा च्याम्पियन्स लिगको स्वरुपलाई परिवर्तन गरिएको छ । यस अघि ४-४ क्लबको समुह बनाएर प्रतिष्पर्धा गराइने गरेकोमा यस पटकदेखि भने सहभागी ३६ टिमले लिग चरणमा हरेकले ८-८ खेल खेल्ने गरि प्रतिद्वन्दी ड्र गरिएको छ ।
लिग चरणको खेलपछि शिर्ष ८ स्थानमा रहेका क्लब राउण्ड १६ मा प्रवेश गर्ने छन् भने नवौं स्थानदेखि २४ स्थानसम्मका क्लबले होम र अवे प्लेअफ खेल्ने छन् र प्लेअफमा विजयी हुने क्लब राउण्ड १६ मा पुग्ने छन् । त्यस्तै लिग चरणमा २५औं स्थानदेखि पछाडी रहेका क्लबहरु युइएफएको यस सिजनका सबै प्रतियोगिताबाट बाहिरिने छन् ।
लिग चरणमा म्यानचेस्टर सिटीले पिएसजी इन्टर मिलान, युभेन्टसको सामना गर्ने भएको छ भने लिभरपुलले रियल म्याड्रिड, एसी मिलान जस्ता क्लबको सामना गर्ने भएको छ । त्यस्तै रियल म्याड्रिडले डोर्टमण्ड, लिभरपुल, एसी मिलान, एटलान्टा जस्ता प्रतिद्वन्दी पाएको छ भने बार्सिलोनाले बायर्न म्युनिख, डोर्टमण्ड, एटलान्टा जस्ता प्रतिद्वन्दी पाएको छ ।
त्यस्तै पिएसजीले बायर्न म्युनिख, एटलेटिको म्याड्रिड, आर्सनल जस्ता प्रतिद्वन्दी पाएको छ ।
यस पटकको च्याम्पियन्स लिगको ड्र क्रिस्टियानो रोनाल्डो र गियानलुइगी बुफोनले गरेका थिए । यस ड्र समारोहमा युइएफएले रोनाल्डोलाई अहिलेसम्म च्याम्पियन्स लिगमा कीर्तिमानी १४० गोल गरेको भन्दै विशेष अवार्डले सम्मानित समेत गरेको थियो ।
















काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश
दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासंघ दृढ
वर्षापछि काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया