अवैध लागूऔषधसहित ५ जना पक्राउ

काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित पाँच जना पक्राउ गरेको छ ।
जसमा कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ४ सय ४६ ग्राम सहित शिवराज नगरपालिका-१ चैनपुर नौडिहवा बस्ने ६४ वर्षीया कलिसरा पुनलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा रुकुम पश्चिम बाफिकोट गाउँपालिका-७ मकामा बस्ने ४० वर्षीय भिमसेन खत्रीको समेत संलग्नता रहेको खुल्न आएपश्चात प्रहरीले खत्रीलाई १ लाख १० हजार भारतीय रूपैयाँ सहित पक्राउ गरेको छ ।
त्यस्तै रूपन्देही, सियारी गाउँपालिका-२ मनोहरापुर बस्ने ४० वर्षीय भोला भुजल र तिलोत्तमा नगरपालिका-१४ बस्ने २३ वर्षीय सुरेश थारूलाई अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले भोलाको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
झापा, गौरादह नगरपालिका-३ धिविनिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ९ मिलिग्राम, मोबाइल १ थान र नगद ४ हजार ५ सय रूपैयाँ सहित कमल गाउँपालिका-५ बस्ने २१ वर्षीय दिपेन्द्र ताजपुरियालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले गौरीगंजबाट दमकतर्फ जाँदै गरेको को.२७ प ३५४९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक दिपेन्द्रलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया