शुक्रबार, वैशाख ४, २०८३

वैदेशिक रोजगारमा पठाउने भन्दै साढे २२ लाख लाख ठगी गर्ने दुई जना पक्राउ

मेरोन्यूज २०८१ भदौ १८ गते १९:४६

काठमाडौँ । विभिन्न देशमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै रु २२ लाख ५० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउगरी आज सार्वजनिक गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पक्राउपर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालका–६ लेखपानीका ३२ वर्षीय बुद्ध लामा तथा बर्दिया गेरुवा गाउँपालिका–२ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–१० बस्ने ४३ वर्षीय मानबहादुर चौधरी रहेका प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यकानुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी न्यूजील्याण्ड र उज्वेकिस्तानलगायत देशमा लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यार विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।

लामाले विदेश पठाउने भन्दै सात जनाबाट रु १० लाख तथा चौधरीले छ जनाबाट रु १२ लाख ५० हजार लिएको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया