आगामी महाधिवेशनमा म सभापतिको उम्मेदवार : कांग्रेस नेता कोइराला
मेरोन्यूज
२०८१ भदौ १९ गते २२:३५

चितवन । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले १५ औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताए ।
आफूले अहिलेसम्म निर्वाचन नहारेको बताउँदै उनी यसपटक महाधिवेशन सभापति निर्वाचित हुने विश्वास व्यक्त गरे । नेता कोइरालाले भने, “अब सभापतिको उम्मेदवार म हुँ । सोच्ने कुरै छैन ।” महाधिवेशन समयमा नै हुनुपर्ने बताउँदै उनले थपे, “सभापति जीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने हो ।”
नेपाली कांग्रेसको अबको अभियान आगामी निर्वाचन र महाधिवेशन केन्द्रित रहने कोइरालाले बताए ।
सम्बन्धित














रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
प्रतिक्रिया