बुधबार, पुष १६, २०८२

सत्ताबाहिर पुगेपछि प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा लैजान खोजे: शंकर पोखरेल

मेरोन्यूज २०८१ भदौ २० गते १४:१४

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको असंसदीय र अराजनीतिक अभिव्यक्तिले तनाव सिर्जना गरेको आरोप लगाएका छन् ।

सुर्खेत विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै पोख्रेलले सत्ताबाहिर पुगेपछि प्रचण्डले देशलाई श्रीलंका र बङ्गलादेशको बाटोमा डोर्‍याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘सत्ताबाट बाहिरिएपछि माओवादी अध्यक्ष प्रचण्डबाट अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्चाउने काम भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्ष दलका नेताको असंसदीय र अराजनीतिक अभिव्यक्ति दिंदा मुलुकको राजनीतिमा एक खालको तनाव सिर्जना भएको छ ।’

महासचिव पोख्रेलले प्रतिपक्षको भूमिकामा रहेका माओवादी अध्यक्ष प्रचण्डले संवेदनशीलता र संसदीय मर्यादाको ख्याल नगरेको बताए । ‘प्रतिपक्षीले श्रीलंका र बङ्गलादेशको उदाहरण दिंदै त्यो दिशातर्फ डोर्‍याउन खोज्नु अत्यन्त गैरजिम्मेवार कुरा हो,’ पोख्रेलले भने, ‘यसरी अभिव्यक्ति दिंदै हिंड्नु लोकतान्त्रिक हुन सक्दैन, प्रतिपक्षीले लोकतान्त्रिक मूल्यमान्यतामा ध्यान दिनु जरुरी छ ।’

प्रतिक्रिया