प्रदेशलाई पूर्णअधिकार दिए काम गर्न सहज हुन्थ्योः मुख्यमन्त्री सिंह

वीरगञ्ज (पर्सा)। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीय सरकारले प्रदेशलाई पूर्णअधिकार दिएको खण्डमा सहज ढङ्गले काम गर्न सकिने बताएका छन् ।
वीरगञ्जमा आज आयोजित न्यूज २४ टेलिभिजनको प्रादेशिक कार्यालयको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रदेश सरकारको अधिकारको सम्बन्धमा पूर्णअधिकार नहुँदा काममा बाधा अड्चन आएको गुनासो गरे।
“सङ्घीय सरकारसँग लामो समयदेखि संवाद भएपनि अझै पनि मधेस सरकारले चाहेजस्तो अधिकार प्राप्त नहुँदा काम गर्न असहज भइरहेको छ”, उनले भने, “सङ्घीय सरकारले प्रदेशको अधिकारको विषयमा पक्कै पनि अब सहज वातावरण बनाएदिए हुन्थ्यो ।” मुख्यमन्त्री सिंहले संविधान जारी भएको लामो समय बित्दा पनि प्रदेश सरकारले पूर्ण अधिकार प्राप्त गर्न नसकेको गुनासो गरे ।
“प्रदेश सरकार गठन भएको सात वर्ष बितिसक्दा सङ्घीय सरकारले प्रदेशलाई पूर्णअधिकार दिएको छैन । यद्यपि अधिकारको अभावमा निराश नभई उपलब्ध अधिकारको सही सदुपयोग गर्दै हामी प्रदेशलाई समृद्ध बनाउन लागि रहेका छौँ”, उनले भने, “सङ्घीय सरकारले पक्कै छिट्टै प्रदेशको कानुनी समस्यालाई सम्बोधन गर्ने आशा व्यक्त गरे।”
मुख्यमन्त्री सिंहले वीरगञ्जलाई देशकै प्रमुख आर्थिक तथा औद्योगिक नगरी भएको भएकाले पनि प्रदेश सरकारले पनि यसको लाभ लिने गरी काम गर्नुपर्ने बताए। “प्रदेशको समृद्धिका लागि उद्योगी र व्यवसायीसँग सहकार्य गरेर आर्थिक क्रान्ति सुरु गरिने र यसबाट मधेसको समृद्धि सुनिश्चित गर्ने गरी आवश्यक योजना र तर्जुमा गरिनेछ”, उनले भने, “प्रदेश सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न चाहान्छ ।”
सोही अवसरमा मुख्यमन्त्री सिंहले प्रदेशको विकास र समृद्धिको लागि पनि मिडियाले प्रभावकारी र सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया