‘कोशीका सबै विमानस्थल सञ्चालनमा ल्याउन पहल भइरहेको छ’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका पहाडी तथा हिमाली जिल्लालाई प्रदेश राजधानी विराटनगरसँग जोड्न विभित्र विमानस्थलमा उडान सुरु गर्न पहल भइरहेको बताएका छन् ।
विराटनगरमा आज आयोजित दोस्रो आवधिक योजना निर्माणमा सहयोग गर्ने प्राध्यापकलाई प्रमाणपत्र वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय बनाए बङ्गलादेश र भारतका कतिपय सहरमा सिधै व्यापार प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए। कोशी प्रदेशमा ११ विमानस्थल रहेका भए पनि केहीमा मात्रै उडान भइरहेको जानकारी दिँदै उनले विराटनगरबाट पहाडी र हिमाली जिल्लामा सम्भावना हेरेर उडान सुरु गर्न आग्रह गरिएको बताए ।
“निजी क्षेत्रसँग यो विषयमा कुराकानी भइरहेको छ, लागत साझेदारी गर्नसमेत प्रदेश सरकार तयार छ”, उनले भने । विसं २०८२ लाई कोशी भ्रमण वर्ष बनाउने तयारी गरिएको र त्यसअघि नै केही स्थानमा हवाई उडान सुरु गर्ने तयारी भइरहेको मुख्यमन्त्री कार्कीले बताए । कोशी प्रदेशमा घुम्न आउने भारत र बङ्गलादेशका पर्यटकलाई आकर्षित गर्न प्रदेश सरकारले पहल गरिरहेको उनले उल्लेख गरे।
मुख्यमन्त्री कार्कीले भारतबाट धार्मिक पर्यटक कोशी प्रदेशमा ल्याउन सकिने प्रशस्त सम्भावना रहेको भन्दै त्यसलाई हेरेर योजना बनाउन आवश्यक रहेको छ भने । कोशी प्रदेशले सूचना प्रविधि र कषि क्षेत्रलाई पनि उत्तिकै महत्व दिएको छ भन्दै उनले भने, “हामीले यी दुवै क्षेत्रमा निर्यात बढाउने सम्भावना छ, कोशी सरकार निर्यात बढाउने गरी योजना बनाएर अघि बढेको छ । पर्यटन र निर्यातबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । अहिलेको आवश्यकता यही हो ।”















जुम्लामा ३३०. २८ हेक्टरमा डढेलोबाट वन क्षति
निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया