अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ गरेको छ ।
जसमा सिराहा, कर्जन्हा नगरपालिका-१० बस्ने ४५ वर्षीय बिहारी मुखियाको गोठबाट अवैध लागूऔषध गाँजा करिब २ सय १७ किलोग्राम सहित भारत मधुबनि बलरा थाना-१२ बस्ने २० वर्षीय किसुन मुखिया समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैया र प्रहरी चौकी कर्जन्हाबाट खटिएको प्रहरीले उक्त गोठ तलासी गर्दा प्लाष्टिकको १४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
त्यस्तै मोरङ, कानेपोखरी गाउँपालिका-७ कानेपोखरी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ग्राम सहित बिराटनगर महानगरपालिका-११ बस्ने ३७ वर्षीया सबिता तामाङ र भारत अररिया कुवारी बस्ने २४ वर्षीय बिकाश सरदारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, सुन्दरहरैचा नगरपालिका-१० एकता बस्ती बस्ने ३१ वर्षीय कुमार तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८० क्यापसुल र डिकोलिक १ सय ८० ट्याबलेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब १४ किलोग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका-८ बस्ने ३६ वर्षीय सुकमान तामाङ र ४२ वर्षीय केदार तामाङ रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले काठमाडौंबाट पथलैयातर्फ जाँदै गरेको ना.७ ख ६०६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै पर्सा, वीरगंज महानगरपालिका-८ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ४ सय ८० मिलिग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने ४० वर्षीय ईश्वर रेग्मीलाई शुक्रबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बझाङ, बुङगल नगरपालिका-२ रैसेल्ली बस्ने ४१ वर्षीय उज्जल जाग्रीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ९ किलो ४ सय ३९ ग्राम सहित शुक्रबार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले सोही ठाउँ गिरौबाट सोही नगरपालिका-४ बिजगडाबजारतर्फ जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया