अवैध लागूऔषधसहित ३ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बाँके र चितवनबाट अवैध लागूऔषध सहित तीन जना पक्राउ गरेको छ ।
जसमा बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ९ ट्याब्लेट सहित सुर्खेत गुर्भाकोट नगरपालिका-१२ बस्ने २५ वर्षीय सन्तोष सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त टोलीले भारतको रूपडिया बजारबाट नेपालगंजतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
त्यस्तै चितवन, भरतपुर महानगरपालिका-७ बुद्दचोक डेरा गरी बस्ने कालिका नगरपालिका-४ पदमपुर घर भएका २६ वर्षीय अनोज स्याङबोको कोठाबाट नियन्त्रित लागूऔषध ट्माडोल २ हजार १ सय २० ट्याब्लेट र एनारगन २ हजार २० ट्याब्लेट सहित भरतपुर महानगरपालिका-४ बस्ने २४ वर्षीय शेखर बहादुर श्रेष्ठ समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अनोजको कोठामा लागूऔषध किनबेच भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । हाल फरार अनोजको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।










जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
एमबाप्पेको कीर्तिमानी रोनाल्डोको बराबरी, सेभिल्लाविरुद्ध रियल १–० ले विजयी
विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया