हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने सिराहा घर भएकी राम दुलारी भन्ने महिलाको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सर्लाही चक्रघट्टा गाउँपालिका-३ बस्ने ४० वर्षीय राम बिनय महरा र काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने सर्लाही बसगरिया गाउँपालिका-५ घर भएका २४ वर्षीय सन्तोष राम महरा रहेका छन् ।
गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहीबार ती महिलाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-३ बसुन्धाराबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले ती महिलालाई ढुंगा प्रहार गरी हत्या गरेको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको लगाएका छ ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
प्रतिक्रिया