राखेप निर्देशक चयनमा विवाद: उपनिर्देशक संगीना वैद्यको राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपनिर्देशक संगीना वैद्यले आफ्नो पदबाट राजीनामा दिएकी छन् । निर्देशक चयन प्रकृया अपारदर्शी र परम्पराविपरीत भएको भन्दै वैद्यले राजीनामा दिएकी हुन् ।
राखेपका तत्कालीन निर्देशक प्रचण्ड शर्माको भदौ १९ गते अवकाश भएछि उपनिर्देशकबाट निर्देशकमा बढुवा गर्ने परम्परा रहेको थियो । अहिले संगीनासँगै ओलम्पियन विष्णुबहादुर सिंह उपनिर्देशक रहेका छन् । तर राखेपका सदस्य सचिव टंकलाल घिसिङले कराते प्रशिक्षक सोभितराज प्रसाईलाई सो जिम्मेवारी दिएपछि वैद्य असन्तुष्ट बनेकी हुन् ।
ओलम्पिकमा छनोट हुने नेपालको पहिलो महिला खेलाडी रहेकी संगीना २०५२ भदौ ३० गते राखेप प्रवेश गरेकी हुन् । वैद्यको २०६३ पुष २१ मा र प्रसाईको २०६४ पुष २७ मा बढुवा भएको थियो । वरिष्ठलाई नजर अन्दाज गरेर सदस्य सचिव घिसीङले जिम्मेवारी दिएपछि वैद्यले राजीनामा दिएकी छन् ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया