मेटमणि चौधरीमाथि देश द्रोहको मुद्दा लगाउन एमाले सांसद ढकालको माग
मेरोन्यूज
२०८१ भदौ ३१ गते १४:१९

काठमाडौँ । एमालेका सांसद सूर्यप्रसाद ढकालले पूर्वमन्त्री तथा एकीकृत समाजवादीका उपाध्यक्ष मेटमणि चौधरीलाई देश द्रोहको मुद्दा लगाउन सभामुखको ध्यानाकर्षण गराएका छन् ।
सोमबार संसदमा बोल्दै उनले चौधरीको अभिव्यक्ति संविधानविरित तथा राष्ट्रघात भएकाले मुद्दा चलाउन आग्रह गरेका हुन् ।
‘कालापानी नेपालको भू–भाग होइन भनेर दिएका एकजना पूर्वमन्त्री तथा पार्टीका पदाधिकारीबाट कालापानी क्षेत्र नेपालको होइन भारतको दाबी पुग्छ भनेर अभिव्यक्ति दिनुभएको छ । उहाँको अभिव्यक्ति संविधानविपरित गम्भीर राष्ट्रघात भएको छ । उहाँलाई तत्काल देशद्रोहको मुद्दा लगाउन म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने ।
सम्बन्धित
















आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया