सोमबार, पुष १४, २०८२

युरेसियन महिला फोरममा भाग लिन उपसभामुख राना रूस प्रस्थान

मेरोन्यूज २०८१ असोज १ गते १३:०९

काठमाडौँ । उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने सिलसिलामा आज संयुक्त अरब इमिरे्सको दुवईतर्फ प्रस्थान गरेका छन् । त्यहाँबाट राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्नेछिन् ।

रूसी महासङ्घ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उनले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभामुखको निजी सचिवालयले जनाएको छ । उनि असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया