रवि लक्षित कमल थापाको टिप्पणी- ‘क्लिन चिट’ पायो होइन, कारवाहीको सिफारिस भयो
मेरोन्यूज
२०८१ असोज १ गते १३:४४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले रास्वपा अध्यक्ष रवि लामिछानेले ‘क्लिन चिट’ नपाएर कारवाहीको सिफारिस भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले क्लीन चिट पाएको भन्दै जनताको आँखामा छारो हाल्ने काम भएको उल्लेख गरेका छन् ।
साथै उनले प्रमुख दलका नेता कार्यकर्ताहरुकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारेको आरोप समेत लगाएका छन् ।
उनले भने- ‘क्लिन चिट’ पायो ! होईन, कारवाहीको सिफारिश भयो ! यो जनताको आँखामा छारो हाल्ने काम हो।सत्य के हो भने,प्रमुख दलका नेता कार्यकर्ताहरुकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारे । भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त नपारेसम्म यस्तो भैरहन्छ ।
सम्बन्धित
















आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया