करिब २९६ किलो गाँजासहित महोत्तरी र मोरङबाट ४ जना पक्राउ

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम सहित २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ धुनबेसी नगरपालिका-६ बस्ने ३० वर्षीय संजिप खत्री र चितवन खैरेनी नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरीले बा.प्र ०१-०२६ च १३३६ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक संजिप र सहचालक किशोरलाई पक्राउ गरेको हो ।
त्यस्तै मोरङ, बिराटनगर महानगरपालिका-१७ मण्ठा पोखरीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४६ किलोग्राम सहित २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने ४५ वर्षीय सुक्षिम राई र सोही उपमहानगरपालिका-११ बस्ने ४६ वर्षीय देवराज राई रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले बिराटनगरबाट आइसिपि तर्फ जाँदै गरेको को.२ च ७५९ नम्बरको स्कार्पीयो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी स्कार्पीयो चालक सुक्षिम र स्कार्पीयोमा सवार देवराजलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया