करिब २९६ किलो गाँजासहित महोत्तरी र मोरङबाट ४ जना पक्राउ

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम सहित २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ धुनबेसी नगरपालिका-६ बस्ने ३० वर्षीय संजिप खत्री र चितवन खैरेनी नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरीले बा.प्र ०१-०२६ च १३३६ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक संजिप र सहचालक किशोरलाई पक्राउ गरेको हो ।
त्यस्तै मोरङ, बिराटनगर महानगरपालिका-१७ मण्ठा पोखरीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४६ किलोग्राम सहित २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने ४५ वर्षीय सुक्षिम राई र सोही उपमहानगरपालिका-११ बस्ने ४६ वर्षीय देवराज राई रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले बिराटनगरबाट आइसिपि तर्फ जाँदै गरेको को.२ च ७५९ नम्बरको स्कार्पीयो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी स्कार्पीयो चालक सुक्षिम र स्कार्पीयोमा सवार देवराजलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।









एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया