‘दलबीच एकता, समन्वय र सहकार्य जरुरी छ’

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको बढ्दो आकाङ्क्षालाई सम्बोधन गर्न राजनीतिक दलबीच दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् ।
संविधान तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजित मूल समारोहमा मुख्यमन्त्री आचार्यले ‘समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश’ को नारालाई सार्थक बनाउन सबै सरोकार भएका निकायको जिम्मेवारीपूर्ण भूमिका रहने उल्लेख गरे । उनले योजना निर्माण र कार्यान्वयनको तहमा अन्य प्रदेशको तुलनामा लुम्बिनी अग्रणी स्थानमा रहेको जानकारी दिए ।
मुख्यमन्त्री आचार्यले दीर्घकालीन लक्ष निर्धारण गरेर प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेकाले अन्य प्रदेशको तुलनामा लुम्बिनी अग्रणी स्थानमा रहेको बताए । उनले प्रदेशका साझा अधिकारअन्तर्गतका कतिपय कानुन नबन्दा कार्यसम्पादनमा केही कठिनाइ भइरहेको उल्लेख गरे ।
अत्यावश्यक कानुन सङ्घीय सरकारबाट द्रुतगतिमा निर्माण गर्न प्रदेश सरकारले समन्वय र सहकार्य गरिरहेको मुख्यमन्त्री आचार्यले जानकारी दिए । उनले न्यून जनशक्ति, नयाँ स्थानमा प्रदेशको राजधानी व्यवस्थापन, प्रदेशअन्तर्गत गौरवका आयोजनाको सम्पन्नता तथा जनशक्तिको व्यवस्थापनका लागि आवश्यक कानुन तर्जुमा तथा परिमार्जन गर्ने गरी सरकार अघि बढिरहेको स्पष्ट पारे ।
प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले संविधानमा उल्लेखित अधिकार कार्यान्वयन गर्न तीन तहका सरकारका बीच आवश्यक समन्वय, सहकार्य र सहअस्तित्वको मर्मलाई आत्मसात् गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गरे । उनले जनमुखी कानुन निर्माण गर्ने र हिजो बनेका कानुनलाई समयसापेक्ष बनाउने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
“संविधानलाई इमानदारी पूर्वक कार्यान्वयन गर्न सबै जुटौँ”, सभामुख मगरले भने, “सबै दलबीचमा सद्भावपूर्ण एकता कायम गरेर अघि बढ्नु आवश्यक छ ।” सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै जनतामा आशा जगाउन सबै एकजुट हुनुको विकल्प नरहेको उनले बताए ।
पूर्वमुख्यमन्त्री जोखबहादुर महराले समतामूलक समाज निर्माण गर्दै समृद्धि हासिल गर्ने आकाङ्क्षा बोकेको संविधानको पूर्ण कार्यान्वयनमा सबै एक ठाउँमा उभिनुपर्ने बताए ।
पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानको मूल मर्म सङ्घीयता र एकता भएको बताए । उनले प्रदेशलाई बलियो बनाउन संविधानको भरपुर उपभोग गर्नुपर्नेमा जोड दिए ।प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

















Hridayachandra Memorial Award conferred on Ram Binaya
16 days left to go for elections: Number of candidates opening bank account on rise
यस्ताे छ आज सुनचाँदीकाे मूल्य
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
प्रतिक्रिया