रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ ।
राजपुर ३ र ४ मा झाडा पखालाको प्रकोप फैलिएको छ सो मध्ये केही बिरामीमा हैजाको जस्तो संकेत देखा परेको हो। विहिवार र शुक्रवार आज २२ जना झाडा पखालाका बिरामी उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा गएका थिए । सो मध्ये ७ जना बिरामीको दिशाको सेम्पल टेष्टको लागि प्रादेशिक अस्पताल गौरमा लगीएको थियो । प्रादेशिक अस्पतालमा आरडिटी प्रविधिबाट सेम्पल परिक्षण गर्दा ६ जनाको सेम्पल पोजेटिभ अर्थात हैजाको किटाणु फेला परेको स्वास्थ्य संयोजक खुर्शैद आलमले बताएका छन्।
२२ जना बिरामी मध्ये प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा महिला १०, बालबालिका ७ र एक जना पुरुष गरी अहिले १८ जना भर्ना गरेर उपचार भईरहेको राजपुरका आलमले बताएका छन् ।
४ जना उपचारपछि घर फर्किसकेका उनले जानकारी दिएका छन् ।
प्रादेशिक अस्पताल गौरमा आरडिटी टेष्टबाट ६ जनामा पोजेटिभ देखिएको छ। उक्त टेष्ट सत प्रतिसत भरपर्दो नहुँदा सेम्पलको कल्चर गराउनका जनकपुरधाम पठाउने तयारी भईरहेको स्वास्थ संयोजक आलमले जानकारी दिएका छन् ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया