मौसम पूर्वानुमान : बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ५ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागले बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।









फाइनलमा हार्याे नेपाल, युएईले जित्यो उपाधि
उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट
चुनाव निर्धारित मितिमै हुन्छ, कुनै समस्या छैन : मन्त्री घिसिङ
राष्ट्रियसभा चुनावबारे अध्यक्ष दाहाल र प्रमुख निर्वाचन आयुक्त भण्डारीबीच छलफल
साेमबार घट्याे सेयर बजार, काराेबार रकम चार अर्ब ७१ करोड
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
प्रतिक्रिया