मंगलबार, फागुन १२, २०८२

हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली

मेरोन्यूज २०८१ असोज ५ गते १४:३५

रौतहट । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा  प्रादेशिक अस्पताल गौरको  मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधि सहित पुगेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

पछिल्लो केही दिन देखि राजापुर नगरपालिकाको दुई वाडामा झाडा पखालाको बिरामीको संख्या  बढ्दै गएकाले शनिवार प्रादेशिक अस्पताल गौरका अध्यक्ष महमद अनवर हाशमी, डाक्टर मुरारी ठाकुर, इमर्जेंसी इनचार्ज डाक्टर राजेश कुमार सिंह, डाक्टर गोपाल गुप्ता, लगायतको टिम आवश्यक औषधि हरु लिएर स्वास्थ्य चौकी राजपुरमा पुगेको हो ।

राजपूर स्वास्थय चौकी पुगेर डाक्टर मुरारी ठाकुर त्यहाँ स्थित डाक्टर स्वास्थ्यकर्मीसंग बिरामीको अवस्था बारेमा  जानकारी लिएका थिए । हैजा प्रभावित क्षेत्रमा स्वास्थ मानिस पनि खाना खानु अघि, दिशा गरेपछि राम्ररी हात धुनुपर्ने, तातो पानीको प्रयोग गर्नु पर्ने, बासी सडेगलेको , खुला राखिएको खानेकुरा नखानु हुन आग्रह गरेका छन्। त्यस्तै पेट बिगार्ने किसिमको गरिस्ट खाना नखानु हुने उनले आग्रह गरेका छन् ।

पछिल्लो केही दिन देखि स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ। राजपुर ३ र ४ मा झाडा पखालाको प्रकोप फैलिएको छ सो मध्ये केही बिरामीमा हैजाको जस्तो संकेत देखा परेको हो। विहिवार र शुक्रवार आज २२ जना झाडा पखालाका बिरामी उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा गएका थिए । सो मध्ये ७ जना बिरामीको दिशाको नमुना परिक्षणको लागि प्रादेशिक अस्पताल गौरमा लगीएको थियो । प्रादेशिक अस्पतालमा आरडिटी प्रविधिबाट सेम्पल परिक्षण गर्दा ६ जनाको सेम्पल पोजेटिभ अर्थात हैजाको किटाणु फेला परेको स्वास्थ्य संयोजक आलमले बताएका छन् ।

२२ जना बिरामी मध्ये प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा महिला १०, बालबालिका ७ र एक जना पुरुष गरी अहिले १८ जना भर्ना गरेर उपचार भईरहेको राजपुरका आलमले बताएका छन्।

४ जना उपचार पछि घर फर्किसकेका उनले जानकारी दिएका छन् प्रादेशिक अस्पताल गौरमा आरडिटी टेष्टबाट ६ जनामा पोजेटिभ देखिएको छ । उक्त टेष्ट सत प्रतिसत भरपर्दो नहुँदा नमुनाको कल्चर गराउनका जनकपुरधाम पठाईएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले बताएका छन् ।

प्रतिक्रिया