मंगलबार, वैशाख ८, २०८३

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

मेरोन्यूज २०८१ असोज ७ गते २२:००

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगर अस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा डिके रौशनले लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा बिरामीको लागि खरिद गर्नुपर्ने औषधि खरिददेखि चिकित्सक, नर्सको तलबभत्ता दिन समस्या परेकाले सेवानै बन्द गर्नु पर्ने अवस्थामा पुगेको बताए।

नेपाल कोरिया नगरपालिका अस्पतालको स्वास्थ्य बीमा वापतको रु २१ करोड ५७ लाख रुपैँया भुक्तानी प्राप्त गर्न बाँकी रहेकाले दैनिक नौ सय बिरामीलाई सेवा दिँदै आएको अस्पतालले बीमा रकमकै कारण सेवा बन्द हुन अवस्थामा पुगेको र मेडिकल उपकरणसमेत खरिद गर्न नसकेको उनले बताए ।

मेसु डा रौशनले दसैँअघिसम्म पैसा नआए कर्मचारीलाई दसैँको मुखमा तलब र दसैँभत्ता दिन नसक्ने बताए  । 

प्रतिक्रिया