बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै

काठमाडौं। बालबालिका तथा किशोर–किशोरीको मानसिक स्वास्थ्य सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ।
आगामी असोज १५ र १६ गते काठमाडौंमा हुन लागेको सम्मेलनको नेतृत्व इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्नेछ।
नेपाल तथा विश्वभरीका बालबालिका तथा किशोर–किशोरीहरुमा बिद्यमान मानसिक समस्यालाई नीतिगत व्यवस्थापनको लागि वकालत गर्न सम्मेलनले मार्ग तय गर्ने अपेक्षा लिएको सम्मेलन आयोजक समितिका सदस्य तथा बाल मानसिक रोग बिशेषज्ञ डा. अरुण राज कुंवरले बताए।
बालबालिका तथा किशोर–किशोरीको मानसिक स्वास्थ्य क्षेत्रमा अनुसन्धान, निश्कर्षहरु, नवीन दृष्टिकोण र सफलता आदान–प्रदान गर्ने, बालबालिका तथा किशोर–किशोरीको लागि मानसिक स्वास्थ्य सेवाहरु ऋभिबृद्धि गर्ने सम्वन्धित क्षेत्रमा काम गर्ने निकायहरु वीच सहकार्यलाई बढावा दिने, युवाहरुको लागि मानसिक स्वास्थ्य हेरचाह पहुँच चुनौती र अवरोधहरु संबोधन गर्ने राष्ट्रिय र क्षेत्रीय एजेण्डामा बालबालिका तथा किशोर–किशोरीहरुलाई मानसिक स्वास्थ्य प्राथमिकता दिने सम्मेलनको मुख्य उद्देश्यहरु रहेका छन।
सम्मेलनमा पाकिस्तान,अफगानिस्तान, भारत, माल्दिभ्स, श्रीलंका, भुटान, बंगलादेश र चीन लगायतका देशहरुवाट सहभागिता हुनेछ। सम्मेलनमा नेपाल सरकार, मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु र व्यक्ति समावेश हुनेछन। सम्मेलनमा विदेशबाट करिव ५० प्रतिशत सहभागी हुने सुनिश्चतता गरिसकेको र बाँकी नेपालवाट सरोकारवालाहरु सहभागी हुने आयोजक समितिका संयोजक डा. अरुण कुंवरले बताए।
डिजिटल प्रविधी, ग्याजेटको प्रयोगको असर, अविभावकको व्यस्त दैनिकी र बाहिरी वातवरणको कारण बालबालिका तथा किशोर–किशोरीको मानसिक स्वास्थ्यमा नेपाल सहित विश्वभरी असर पर्दै गएकोले उनीहरुको मानसिक स्वास्थ्यलाई समयमै संबोधन नगरी कुनै पनि देशको नागरिक स्वस्थ हुन नसक्ने डा. कुंवरले बताए। उनको अनुसार हाल बालबालिका तथा किशोर–किशोरीमा एन्जाइटी, एडिएचडी,स्कुल जान नमान्ने, एकाग्रता नहुने, आत्महत्याको प्रयास गर्ने जस्ता मानसिक रोगका समस्या बढी छन।
यसअघि सन् २०१८ मा बालबालिका तथा किशोर–किशोरी सम्वन्धी पहिलो सम्मेलन नेपालमा सम्पन्न भएको थियो। दोस्रो सम्मेलन सन् २०२२ मा सम्पन्न भएको थियो।














माघ ४ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया