बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै

काठमाडौं। बालबालिका तथा किशोर–किशोरीको मानसिक स्वास्थ्य सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ।
आगामी असोज १५ र १६ गते काठमाडौंमा हुन लागेको सम्मेलनको नेतृत्व इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्नेछ।
नेपाल तथा विश्वभरीका बालबालिका तथा किशोर–किशोरीहरुमा बिद्यमान मानसिक समस्यालाई नीतिगत व्यवस्थापनको लागि वकालत गर्न सम्मेलनले मार्ग तय गर्ने अपेक्षा लिएको सम्मेलन आयोजक समितिका सदस्य तथा बाल मानसिक रोग बिशेषज्ञ डा. अरुण राज कुंवरले बताए।
बालबालिका तथा किशोर–किशोरीको मानसिक स्वास्थ्य क्षेत्रमा अनुसन्धान, निश्कर्षहरु, नवीन दृष्टिकोण र सफलता आदान–प्रदान गर्ने, बालबालिका तथा किशोर–किशोरीको लागि मानसिक स्वास्थ्य सेवाहरु ऋभिबृद्धि गर्ने सम्वन्धित क्षेत्रमा काम गर्ने निकायहरु वीच सहकार्यलाई बढावा दिने, युवाहरुको लागि मानसिक स्वास्थ्य हेरचाह पहुँच चुनौती र अवरोधहरु संबोधन गर्ने राष्ट्रिय र क्षेत्रीय एजेण्डामा बालबालिका तथा किशोर–किशोरीहरुलाई मानसिक स्वास्थ्य प्राथमिकता दिने सम्मेलनको मुख्य उद्देश्यहरु रहेका छन।
सम्मेलनमा पाकिस्तान,अफगानिस्तान, भारत, माल्दिभ्स, श्रीलंका, भुटान, बंगलादेश र चीन लगायतका देशहरुवाट सहभागिता हुनेछ। सम्मेलनमा नेपाल सरकार, मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु र व्यक्ति समावेश हुनेछन। सम्मेलनमा विदेशबाट करिव ५० प्रतिशत सहभागी हुने सुनिश्चतता गरिसकेको र बाँकी नेपालवाट सरोकारवालाहरु सहभागी हुने आयोजक समितिका संयोजक डा. अरुण कुंवरले बताए।
डिजिटल प्रविधी, ग्याजेटको प्रयोगको असर, अविभावकको व्यस्त दैनिकी र बाहिरी वातवरणको कारण बालबालिका तथा किशोर–किशोरीको मानसिक स्वास्थ्यमा नेपाल सहित विश्वभरी असर पर्दै गएकोले उनीहरुको मानसिक स्वास्थ्यलाई समयमै संबोधन नगरी कुनै पनि देशको नागरिक स्वस्थ हुन नसक्ने डा. कुंवरले बताए। उनको अनुसार हाल बालबालिका तथा किशोर–किशोरीमा एन्जाइटी, एडिएचडी,स्कुल जान नमान्ने, एकाग्रता नहुने, आत्महत्याको प्रयास गर्ने जस्ता मानसिक रोगका समस्या बढी छन।
यसअघि सन् २०१८ मा बालबालिका तथा किशोर–किशोरी सम्वन्धी पहिलो सम्मेलन नेपालमा सम्पन्न भएको थियो। दोस्रो सम्मेलन सन् २०२२ मा सम्पन्न भएको थियो।

















चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया