एनएमबि बैंकद्वारा ‘एनएमबि नेक्स्ट जेन बैंकिङ लिडर्स स्कलरसीप’ को घोषणा

काठमाडौँ । एनएमबि बैंकले भविष्यका बैंकिङ्ग क्षेत्रका लिडरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबि नेक्स्ट जेन बैंकिङ लिडर्स स्कलरसीप’ को घोषणा गरेको छ ।
बैंकले काठमाण्डौँ विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जना विद्यार्थीहरुलाई यो छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यार्थीहरुमा अग्रीमरुपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ्ग क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास एनएमबि बैंकले लिएको छ ।
यस छात्रवृत्तिको मुल उद्देश्य प्रतिभावान विद्यार्थीहरुमा लगानी गरी बैंकीङ्ग क्षेत्रको भविष्य सुनिश्चित गर्नु हो । विद्यार्थीहरुलाई बैंकिङ्ग क्षेत्रमा आवश्यक पर्ने शीप तथा ज्ञान प्रदान गर्दै भावि दक्ष बैंकरहरु उत्पादन गरी बैंकिङ्ग क्षेत्रको विकासमा टेवा पुर्याउने लक्ष्य एनएमबि बैंकले लिएको छ ।
दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “बैंक अफदिइयर एसिया २०२१” को उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधी प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।










मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया