बिहीबार, चैत ५, २०८२

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न निर्देशन

मेरोन्यूज २०८१ असोज १० गते २२:०३

इनरुवा(सुनसरी)। नजिकिँदै गरेका पर्वहरूमा दैनिक उपभोग्यवस्तुको सहज आपूर्ति एवं यातायात व्यवस्था चुस्तदुरुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको अध्यक्षता आज बसेको सर्वपक्षीय बैठकले चार्डपर्वका बेलामा उपभोग्य वस्तुको सहज आपूर्ति, यातायात व्यवस्थापन र शान्ति सुरक्षा कायम राख्नका लागि निर्देशन दिएको हो ।

बैठकले नियमित अवस्थामा जस्तै वस्तु तथा सेवाको प्रभावकारी आपूर्ति व्यवस्थापन मिलाउने, कृत्रिम अभाव नियन्त्रण गर्ने र गैरकानुनी कार्य नियन्त्रणमा कुनै कमी हुन नदिन राज्यका सबै निकाय एकीकृत हुनेजस्ता निर्णय गरिएको सुनसरीका प्रजिअ तिवारीले बताए ।

दशैं, तिहार, छठलगायत चाडपर्वका बेलामा सवारीधनले यात्रुसँग बढी भाडा असुल गर्ने, दुव्र्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु सवार गराउने, अत्यधिक गतिमा सवारी साधन चलाउने, मादक तथा विभिन्न किसिमको लागुऔषध सेवन गरेर सवारी चलाउनेलगायत अन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउनका लागि निर्देशन दिइएको प्रजिअ तिवारीले जानकारी दिए।

दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, राजमार्गमा हुनसक्ने चोरी, लुटपाट, डकैती तथा ठगीजस्ता कुनै पनि अवाञ्छित कार्य हुन नदिनका लागि नियमित चेकजाँच गर्नका लागि मातहतका निकायलाई निर्देशन उहाँले बताए।

प्रतिक्रिया