हाम्रोबजारले सुरु गर्यो ‘बाइ नाउ, पे लेटर’, अब किस्ताबन्दीमै सामान पाइने

काठमाण्डौ । अनलाइन मार्केट प्लेस हाम्रोबजारले फोनलोनसँगको सहकार्यमा ‘बाइ नाउ, पे लेटर’ फिचर सार्वजनिक गरेको छ।
फिचरलाई हाम्रो बीएनपीएल नाम दिइएको छ। योसँगै अब हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका योग्य ग्राहकहरुले मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्ने भएका छन्।
किस्ताबन्दीको सुविधाले हाम्रो बजारलाई अझ सहज र किफायती बनाउन सघाउने हाम्रो विश्वास कम्पनीको छ। कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका फोनलोन प्रयोगकर्ताहरुले किस्ताबन्दीको सुविधा आ९आफ्नो मोबाइल बैंकिङ एपबाटै सजिलै प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार हाम्रो बीएनपीएलमार्फत ग्राहकहरुले ६ महिनासम्मको किस्ताबन्दी सुविधामा कुनै ब्याज तिर्नुपर्दैन। ९ देखि १२ महिनाको स्ट्यान्डर्ड इएमआई लिने प्रयोगकर्ताहरुले भने डाउनपेमेन्ट बिनानै सुविधा उपभोग गर्न सक्छन्। हाम्रो बजारको हाम्रोबीएनपीएलमा २५० भन्दा बढी प्रडक्ट उपभोक्ताहरुले छनोट गर्न सक्छन्।
आफूलाई आवश्यक परेको वा मन परेको प्रडक्ट फोनलोन प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैंकिङबाटै क्यूआर कोड स्क्यान गरेर किस्ताबन्दीमा किन्न सक्ने कम्पनीले जनाएको छ ।

















पाकिस्तानको कराचीमा वर्षा : कम्तीमा १७ जनाको मृत्यु, ३० घाइते
प्रधानमन्त्री कार्की रारामा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
समानुपातिकतर्फका सांसदहरूले पाए प्रमाण पत्र
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
प्रतिक्रिया