आइतबारबाट पोखरामा दिपल, सेरेस र नामी खरिदमा अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र बेजोड ‘एक्सचेन्ज बोनस

पोखरा । नेपालका लागि दिपल, सेरेस र नामी इलेक्ट्रिक सवारीसाधनका ब्रान्डको वितरक एमएडब्लु वृद्धिले पोखरामा हालसम्मकै ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले पोखरा इभेन्ट सेन्टर, बुलाउदी–०६ मा आउँदो असोज १३ देखि १५ गतेसम्म ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो ।
यो विशेष कार्यक्रममा इलेक्ट्रिक सवारीसाधनमा चाख राख्ने गण्डकीका ग्राहकले काठमाडौंका टप ३ रिकन्डिसन हाउसबाट अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सकिने व्यवस्था गरेको छ ।
एमएडब्लु वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नुहुनेछ जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नुहुनेछ । साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नुहुनेछ भने नामी इभीमा ७ किलोवाटको चार्जर पाइने कम्पनीले जनाएको छ ।
ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनुहुनेछ । यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्नुहुनेछ । दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा घर लान सक्नुका साथै यो कार्यक्रममा सहभागी हुने एक जना भाग्यशाली विजेताले रुपाकोटको स्टे पाउनुहुनेछ । यी अफरहरुबाहेक एक्सचेन्ज क्याम्पमा आएर टेस्ट ड्राइभ गर्नुहुनेले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’को मज्जा लिन सक्नुहुनेछ ।

















पाकिस्तानको कराचीमा वर्षा : कम्तीमा १७ जनाको मृत्यु, ३० घाइते
प्रधानमन्त्री कार्की रारामा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
समानुपातिकतर्फका सांसदहरूले पाए प्रमाण पत्र
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया