हिउँमा फसेका एक विदेशीसहित चार पर्यटकको उद्धार

सोलुखुम्बु । सगरमाथा क्षेत्रको हिउँमा फसेका एक विदेशीसहित चारजना पर्यटकको उद्धार गरिएको छ। उद्धार हुनेमा सिङ्गापुरका नागरिक ७४ वर्षीय लिन चुन हेङ, ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–७ का ४५ वर्षीय कृष्णराज गुरुङ, सुनसरीको धरान उपमहानगरपालिका–११ का ६४ वर्षीय भीमबहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–४ का २२ वर्षीय विपन तामाङ रहेका छन्।
शुक्रबार ती पर्यटकहरू सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ खुम्बिलामा बाटो भुली अलपत्र परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार उनीहरूको उद्धारका लागि प्रहरी र स्थानीय परिचालन भएका थिए।
“भारी हिमपातका कारण करिब २ घण्टा तलको पैदल दूरीसम्म हिउँले बाटो पुरिएपछि उनीहरू अलपत्र परेका थिए, प्रहरीसहित पुगेको स्थानीयको टोलीले उनीहरूको सकुशल उद्धार गरी सुरक्षित स्थान लबुचेमा ल्याएको छ”, प्रहरी नायब उपरीक्षक घिमिरेले भने। स्वास्थ्य अवस्था सामान्य रहेका उनीहरूलाई लबुचेस्थित होटलमा राखिएको सोलुखुम्बु प्रहरीले जनाएको छ।










निर्वाचन तयारीबारे आज प्रधानमन्त्रीसहित सर्वपक्षीय छलफल
महाधिवेशन राेक्न खाेजे विशेष महाधिवेशन हुन्छ : गगन थापा
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया