प्रधानमन्त्रीको उपस्थितिमा मातृ-शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता

बोस्टन (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकाको वन वर्नहार्ट वर्ल्डवाइडबीच मातृ–शिशु स्वास्थ्यमा सहकार्य गर्ने विषयमा सहमति भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन आइपुगेका प्रधानमन्त्री ओलीले हावर्ड विश्वविद्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गरेपश्चात् उक्त सम्झौता भएको हो । सम्झौताअनुसार मातृ–शिशु स्वास्थ्यमा प्रतिष्ठानमार्फत योगदान गर्न ग्रामीण स्वास्थ्य फेलोसिपलगायतका कार्यक्रममा सहकार्य गर्ने उल्लेख छ ।
यस्तै धनयोगा फाउण्डेशन र प्रतिष्ठानबीच पनि सम्झौता भएको छ । सम्झौताअनुसार प्रतिष्ठानले डाइबिटिज केन्द्र स्थापना गर्ने सहमति भएको छ । सम्झौतामा वर्नहार्टका तर्फबाट डा.क्रिस्टिना भे सेन्गर र प्रतिष्ठानकातर्फबाट डा.मङ्गल रावलबीच हस्ताक्षर भएको हो ।
हावर्ड विश्वविद्यालयमा नेपालको कार्यकारी प्रमुखको पहिलो पटक भ्रमण र सम्बोधन भएको जनाइएको छ । सम्बोधनपछि नेपाली समुदायका चिकित्सकसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका साथै निरोगी नेपाल अभियानलाई सघाउन आग्रह गरे ।
उनले प्रतिभा पलायनको अवस्था अन्त्य गर्न सरकार तत्पर रहेको र चिकित्सकलाई सकेसम्म नेपाल फर्कन र नसके पनि विदेशमै रहेर स्वदेशमा सेवा दिन आग्रह गरे। उनले आधुनिक चिकित्सा पद्धतिको विकास हुनुपूर्व नेपालको परम्परागत चिकित्सा पद्धति प्रभावशाली रहेको तथ्य औँल्याउँदै नयाँ नयाँ अनुसन्धान र उपचार पद्धतिलाई नेपालमा भित्र्याउन सहयोग गर्न आग्रह गरे ।
विश्वविद्यालयको अन्तर्राष्ट्रिय विकास प्रमुख प्रा.डा.माइकल फ्युटले नेपालको प्रधानमन्त्री विश्वविद्यालयमा पहिलो पटक आइपुग्दा आफूहरूमा पनि उत्साह पैदा भएको बताए ।










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया