प्रधानमन्त्रीको उपस्थितिमा मातृ-शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता

बोस्टन (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकाको वन वर्नहार्ट वर्ल्डवाइडबीच मातृ–शिशु स्वास्थ्यमा सहकार्य गर्ने विषयमा सहमति भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन आइपुगेका प्रधानमन्त्री ओलीले हावर्ड विश्वविद्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गरेपश्चात् उक्त सम्झौता भएको हो । सम्झौताअनुसार मातृ–शिशु स्वास्थ्यमा प्रतिष्ठानमार्फत योगदान गर्न ग्रामीण स्वास्थ्य फेलोसिपलगायतका कार्यक्रममा सहकार्य गर्ने उल्लेख छ ।
यस्तै धनयोगा फाउण्डेशन र प्रतिष्ठानबीच पनि सम्झौता भएको छ । सम्झौताअनुसार प्रतिष्ठानले डाइबिटिज केन्द्र स्थापना गर्ने सहमति भएको छ । सम्झौतामा वर्नहार्टका तर्फबाट डा.क्रिस्टिना भे सेन्गर र प्रतिष्ठानकातर्फबाट डा.मङ्गल रावलबीच हस्ताक्षर भएको हो ।
हावर्ड विश्वविद्यालयमा नेपालको कार्यकारी प्रमुखको पहिलो पटक भ्रमण र सम्बोधन भएको जनाइएको छ । सम्बोधनपछि नेपाली समुदायका चिकित्सकसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका साथै निरोगी नेपाल अभियानलाई सघाउन आग्रह गरे ।
उनले प्रतिभा पलायनको अवस्था अन्त्य गर्न सरकार तत्पर रहेको र चिकित्सकलाई सकेसम्म नेपाल फर्कन र नसके पनि विदेशमै रहेर स्वदेशमा सेवा दिन आग्रह गरे। उनले आधुनिक चिकित्सा पद्धतिको विकास हुनुपूर्व नेपालको परम्परागत चिकित्सा पद्धति प्रभावशाली रहेको तथ्य औँल्याउँदै नयाँ नयाँ अनुसन्धान र उपचार पद्धतिलाई नेपालमा भित्र्याउन सहयोग गर्न आग्रह गरे ।
विश्वविद्यालयको अन्तर्राष्ट्रिय विकास प्रमुख प्रा.डा.माइकल फ्युटले नेपालको प्रधानमन्त्री विश्वविद्यालयमा पहिलो पटक आइपुग्दा आफूहरूमा पनि उत्साह पैदा भएको बताए ।

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
प्रतिक्रिया