तनहुँमा २०० मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण

तनहुँ । म्याग्दे गाउँपालिकाले दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गरेको छ । कृषि उपजलाई भण्डारण गर्न सहज बनाउने उद्देश्यले म्याग्दे-३ मा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
सुरुमा रु दुई करोड र चालु आर्थिक वर्षमा रु एक करोड २० लाखको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । यो गाउँपालिकामा विशेषगरी सुन्तला र आलुखेतीका लागि प्रख्यात मानिन्छ । चिस्यान केन्द्र बनेपछि लामो दूरी, महँगो ढुवानी र शुल्क तिर्नबाट छुटकारा पाएपछि कृषक उत्साहित भएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।
“कृषि उपज भण्डारण गर्दा कृषकसँग न्यूनतम शुल्क लिएर प्रोत्साहन गर्न लागिएको छ”, उनले भने, “गाउँपालिकामा चिस्यान केन्द्र बनेपछि उत्पादन भएका कृषि उपज भण्डारणका लागि पोखरा र चितवन जानुपर्ने बाध्यता हटेको छ ।”
ल्यान्डफिल साइट निर्माण
त्यसैगरी, गाउँपालिकाले वडा नं २ स्थित बहपुरमा व्यवस्थित ल्यान्डफिल साइट निर्माण गरिएको छ । सङ्घीय सरकारको रु दुई करोड लगानीमा करिब २४ रोपनी जग्गा खरिद गरी ल्यान्डफिल साइट निर्माण गरिएको हो । बहुवर्षीय योजनाअन्तर्गत पहिलो वर्ष रु एक करोड ४० लाखको लागतमा निर्माण गरिएको हो । उक्त स्थानमा ल्यान्डफिल साइट सञ्चालनमा ल्याएपछि छिमेकी पालिका शुक्लागण्डकी र व्यास नगरपालिकाको फोहरमैलालाई समेत व्यवस्थित गर्न सकिने सो गाउँपालिकाले जनाएको छ ।
कुहिने फोहरलाई प्राङ्गारिक मल बनाउने र नकुहिने वस्तुलाई पुनः प्रयोगमा ल्याइने गरी व्यवस्थित गर्न लागिएको हो । गाउँपालिकाले अन्य पालिकासँग सम्झौता गरेर शुल्क लिएर फोहरमैला व्यवस्था गर्न सकिने गाउँपालिकाका उपप्रमुख बालकृष्ण घिमिरेले जानकारी दिए। उक्त स्थानमा उत्पादन गरेको प्राङ्गारिक मल प्रयोग गरी सोही स्थानमा व्यावसायिक सुन्तलाखेती गर्ने योजनासमेत रहेको उनले बताए।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया