नेटा अनबिटेवल डिल्स,नेटा दशैं अफर : विशेष छुट र रमाइलो अफरहरू

काठमाडौँ । सिजि मोटर्सले यस दशैंमा ग्राहकहरूलाई लक्षित गर्दै Neta V र Neta X मा विशेष अफरहरू सार्वजनिक गरेको छ।
विद्युतीय गाडी किन्न चाहनेहरूका लागि यो अफर निकै फाइदाजनक हुनेछ। यस दशैंमा, सिजि मोटर्स ले धेरै आकर्षक छुट र फाइदाहरू ल्याएको छ, जसले इको९फ्रेन्ड्ली गाडी किन्न सही समय बनाएको छ । Neta V किन्दा, ग्राहकहरूले रु ५० हजार सम्मको निश्चित नगद छुट पाउनेछन्, जसले गाडीको मूल्यमा ठूलो छूट ल्याउनेछ।
साथै, आफ्नो पुरानो गाडी साटेर नयाँ Neta Vकिन्न चाहनेहरूका लागि थप रु ५० हजार सम्मको एक्सचेन्ज बोनसको सुविधा पनि दिइएको छ। यति मात्र होइन, Neta V खरिद गर्ने हरेक ग्राहकले जोडीको लागि बाली जाने निःशुल्क यात्रा पनि उपहारमा पाउनेछन्। यस अफरले गाडी खरिदको आनन्दलाई झनै रमाइलो बनाउनेछ। साथैNeta V खरिद गर्दा रु एक लाख सम्मको नगद छुट पाउन सकिने छ ।
Neta Vविद्युतीय गाडी खोज्नेहरूका लागि राम्रो विकल्प हो। यसमा ४०.७ किलोवाट क्षमताको ब्याट्री छ, जसले पर्याप्त ऊर्जा प्रदान गर्दछ। ५० किलोवाट मोटरले गाडीको कार्यक्षमता सुधार गर्दछ। १२० एन एम टर्कले गतिशील ड्राइभिङ अनुभवलाई थप उत्कृष्ट बनाउँछ, जसले गाडीको गति र नियन्त्रणलाई सुधार गर्छ। नेटा भि ले २० मिनेटमा ३०५ बाट ८०५ सम्मको छिटो चार्ज सुविधा दिन्छ। यसले एकपटक चार्जमा ३८० किमि टाढासम्मको यात्रा गर्न सक्ने क्षमता छ, र यसमा सिएटियल का लिथियम आइरन फस्फेट ब्याट्रीहरू छन्, जसको वारेन्टी ८ वर्ष वा १ लाख ५० हजार किमि सम्म छ।
Neta V एकपटक चार्ज गर्दा ५०० किमि सम्म चल्न सक्छ। यसमा १८५ एम एम ग्राउन्ड क्लियरेन्स छ, जसले ड्राइभरलाई सुरक्षाको महसुस गराउँछ। सिएटियल का अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूमा आधारित, ल्भतब ह् ले पनि ८ वर्ष वा १ लाख ५० हजार किमिको वारेन्टीसँगै विश्वसनीयता र दीर्घकालिकता सुनिश्चित गर्दछ। यी विशेषताहरू Neta V लाई बहुपरकारी र इको\फ्रेन्ड्ली एस यू भि खोज्नेहरूको लागि आकर्षक विकल्प बनाउँछन्।
सजि मोटर्स ले देशभर २५ भन्दा बढी चार्जिङ स्टेसन र ९० भन्दा बढी सेवा केन्द्रहरूको सुविधा उपलब्ध गराएको छ। थप जानकारीका लागि, काठमाडौंको थापाथली सोरूममा गएर जानकारी लिन सकिने छ वा ९८२०१०५०५५,९८०१४६२८२५,९८०१४६२८२६ मा सम्पर्क गर्न सकिने कम्पनीले बताएको छ ।
प्रतिक्रिया