नेपालको पहिलो अफरोडर एसयुभि जेइको जेसिक्स, लाइभस्ट्रिममार्फत सार्वजनिक

काठमाडौँ । एसपीजी अटोमोबाइल्सले अफ–रोडर विद्युतीय (ईभी) एसयूभी जेइको जेसिक्सको विशेष प्रोडक्ट ब्रिफिङ गरेको छ ।
कम्पनीले गत सोमबार अनलाइन लाइभ प्रसारणमार्फत प्रोडक्ट ब्रिफिङ गरेको हो । ओमोडा एन्ड जेइको नेपालका कन्ट्री डिरेक्टर सोङ ह्वाइफुले चीनबाट अनलाइन कार्यक्रम सञ्चालन गरेका थिए ।
इलेक्ट्रिक एसयूभी ओमोडा ईफाइभको सफलतापछि एसपीजी अटोमोबाइल्सले नेपालको पहिलो इलेक्ट्रिक अफ–रोडर एसयूभी जेइको नाडा अटो सो २०२४ मा सार्वजनिक गरेको थियो ।
यो गाडीले हालै धुलिखेलस्थित डर्ट–टेम्पल अफ–रोड ट्र्याकमा सम्पन्न ड्राइभिङ च्यालेन्जमा पनि अफ–रोडर इलेक्ट्रिक एसयूभीको रूपमा स्थापित र प्रमाणित गरेको कम्पनीको भनाइ छ ।
गाडीमा २०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ । जेसिक्सको टेलगेटमा स्टोरेज ब्याग छ यो अन्य एसयूभीमा नपाइने कम्पनीको दाबी छ । गाडीले ६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको एक्सेलेरेसन दिने र २७१६ मिलिमिटरको ह्विलबेसले कठिन भूभागमा, टाइट टर्निङका लागि उपयुक्त टर्निङ रेडियस प्रदान गर्ने कम्पनीले जनाएको छ ।
एक्स्ट्रिम यू–टर्न गर्ने बेलामा गाडीको ‘अल–टरेन् मोड’ एक्टिभेट भएर टर्निङ रेडियस ५.७ मिटरबाट ४।५ मिटरमा घट्ने बताइएको छ । स्लोप, लो–ट्र्याकसन तथा डाउनहिलमा ड्राइभ गर्दा गाडीले टार्गेटअनुसार अटोमेटिक गति एडजस्ट गरी अधिकतम कन्ट्रोल कायम गर्ने बताइएको छ ।
वायर हार्नेस कनेक्टर ‘आइपि सिक्सटी सेभेन’ रेटिङमा प्रमाणित रहेको र ब्याट्रि ‘आइपिएक्स एट’ र ‘आईपीएक्स नाइन’ को रेटिङ प्रमाणित गरेको कम्पनीले जनाएको छ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया