विदेशी खेलाडीका लागि आइपिएलले बनायो कडा नियम

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आईपीएलमा विदेशी खेलाडीका लागि कडा नियम ल्याएको छ । आइपिएलले हालै सबै विदेशी खेलाडी मेगा अक्सनमा अनिवार्य दर्ता हुनुपर्ने नियम ल्याएको छ । साथै मेगा अक्सनमा दर्ता नभएका खेलाडीले पछि हुने मिनी लिलामीमा प्रवेश नपाउने भएका छन् ।
साथै, लिलामीमा बिक्री भएपछि कुनै खेलाडी प्रतियोगिताबाट पछि हटेमा उसलाई अर्को २ सिजनको लागि प्रतिबन्ध लगाइनेछ । तर, खेलाडी घाइते भएमा उनलाई प्रतिबन्ध लाग्दैन, तर यसका लागि उनले आफ्नो राष्ट्रिय बोर्डबाट अनुमति लिनुपर्नेछ ।
साथै विदेशी खेलाडीले अब एक सिजनमा १८ करोड भारु भन्दा बढी कमाउन पाउने छैनन् । पछिल्लो मिनी लिलामीमा अस्ट्रेलियाका मिचेल स्टार्क २४.७५ करोड भारु र प्याट कमिन्स २०.५० करोड भारुमा बिक्रि भएका थिए ।
अब भने आइपिएलले विदेशी खेलाडीका लागि क्याप बनाएको छ, जसमा १८ करोड भन्दा बढी कमाउन सक्ने छैनन् ।













निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
खालिदा जियाकाे राजकीय विदाइ
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
पेरूमा पर्यटक बोकेको रेल दुर्घटना: एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
स्याङ्जामा पुरुषभन्दा महिला मतदाता धेरै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया