स्ट्याण्डर्ड चार्टर्ड बैंक र छिमेक लघुवित्तबीच ऋण सहयोगसम्बन्धी सम्झौता

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) सँगको सहकार्यमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र छिमेक लघुवित्त वित्तीय संस्था बीच ऋण सहयोगसम्बन्धी सम्झौता भएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा एडीबीका कन्ट्री डाइरेक्टर आर्नौड कर्कोइस र निजी क्षेत्र सञ्चालन विभागका महानिर्देशक सुजैन गाबोरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदार, छिमेक लघुवित्तका सीईओ दीपकनिधि तिवारी लगायतको सहभागिता थियो ।
सम्झौताअनुसार एडीबीले स्ट्याण्डर्ड चार्टर्ड बैंकमार्फत छिमेक लघुवित्तलाई ऋण सहयोग गर्नेछ । उक्त रकमबाट छिमेक लघुवित्तले ग्रामीण क्षेत्रका सीमान्तकृत समुदायका व्यक्तिलाई आयआर्जनका लागि ऋण प्रदान गर्ने बताइएको छ । यसरी प्रदान गरिएको ऋणले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच बढाउन मद्दत पुग्ने अपेक्षा छ ।
कार्यक्रममा एडीबी कन्ट्री डाइरेक्टर काउचोइसले एडीबीको लघुवित्त कार्यक्रमअन्तर्गत दिइने ऋणले नेपालमा वित्तीय समावेशिता कायम राखी र लैंगिक भेदभाव हटाइ सीमान्तकृत र पिछडिएका महिलाहरूको आर्थिक स्थित उकास्न सहयोग गर्ने विश्वास लिएको बताए । उनले एडीबीको लघुवित्त कार्यक्रमअन्तर्गत नेपालमा छिमेक लघुवित्त पहिलो साझेदार बनेको बताए ।
यसैगरी, छिमेक लघुवित्तका सीईओ दीपकनिधि तिवारीले यो ऋण नेपालका ग्रामीण भेगमा रहेका सीमान्तकृत समुदायको आर्थिक स्तर उकास्न उपयोग गरिने बताए ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ दस्तीदारले नेपालका सिमान्तकृत समुदायको आर्थिक उन्नतिका लागि बैंकले काम गर्दै आएको र भविष्यमा यस्ता कार्यक्रमलाई थप बढाउँदै लाने जनाए ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया