एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री

गलकोट (बागलुङ) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो सङ्कलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउनुहुन्छ । साउनदेखि असोजसम्म पुर्जासहित दोवा गाउँका महिलाको दैनिकी जङ्गलमा निगुरो खोज्ने र बेच्नेमा बित्छ ।
लेकाली जङ्गलमा उम्रिने निगुरोको बजारमा राम्रो माग हुने गरेको छ । निगुरो उपभोक्ताको रोजाइमा परेपछि शर्मिला पुर्जासहितका महिलाहरुलाई आयआर्जनमा सहयोग पुगेको छ । यस वर्ष मात्रै शर्मिला र मायाकुमारी पुनले रु १० लाख ५० हजारको निगुरो बिक्री गरे ।
पुर्जाले भने, “वन उपभोक्ता समिति, सङ्कलन कर्ता, गाडी भाडा कटाएर बाँकी रकम नाफा हुन्छ, यहाँका महिलालाई घर खर्च पुग्छ, कम्तीमा एकजनाले एक ‘सिजन’मा रु एक लाखभन्दा माथिको निगुरो बिक्री गर्छौं ।” पुर्जाले मात्रै यस वर्ष रु आठ लाख ५० हजार र माया पुनले रु दूई लाख ५० हजारको बिक्री गरेको बागलुङ बजारका व्यापारी शंकर रेग्मीले बताए। रेग्मीले विगत चार वर्षदेखि निगुरोको बिक्री गर्दै आएका छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोवाको जङ्गलमा पाइने निगुरो सदरमुकाम बेनी बजार हुँदै बागलुङबजार ल्याउने गरिएको छ । बागलुङ बजारका व्यापारी रेग्मीले होलसेल मूल्यमा तरकारी व्यापारीलाई निगुरो बिक्री गर्दै आउनुभएको छ । बागलुङमा दोवाको निगुरो होलसेल प्रतिमुठा रु ८० र खुद्रा प्रतिमुठा रु १०० मा बिक्री हुने गरेको छ ।










‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया